‘विक्की डोनर’ अभिनेत्री यामी गौतमले सुटुक्क गरिन् निर्देशकसँग विवाह

मुम्बई : बलिउड अभिनेत्री यामी गौतमले निर्देशक आदित्य धरसँग विवाह गरेकी छिन् । यामीले इन्स्टामा विवाहको फोटो राख्दै छरितो समारोहमा आफूले आदित्य धरसँग ‘सात फेरा’ लिएको जानकारी गराएकी छिन् ।
निर्देशक आदित्य धर र यामी गौतमको अफेयरको खबर ‘उरी’को सुटिङताका नै चलेको थियो तर दुवैले यो खबरलाई पुष्टि हुने गरी कुनै गतिविधि गरेका थिएनन् ।
आदित्य धरले निर्देशन गरेको ‘उरी’मा यामीले छोटो भूमिका निर्वाह गरेकी थिइन् ।
विक्की कौशलको मुख्य भूमिका रहेको यो फिल्म पाकिस्तानमाथि भारतले गरेको सर्जिकल स्ट्राइकमा आधारित थियो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको राष्ट्रवादी छविलाई सहयोग पुग्ने अभिप्रायले बनाइएको यो फिल्मले बक्स अफिसमा आश्चर्यजनक कमाइ गरेको थियो । बक्सअफिसको आँकडाअनुसार यो फिल्मले दुई सय करोडभन्दा ज्यादा कमाइ गरेको थियो ।
‘विक्की डोनर’बाट बलिउड फिल्ममा डेब्यू गरेकी यामीले भने ‘सनम रे’ ‘काबिल’ ‘एक्सन ज्याक्सन’ ‘बाला’ आदि फिल्म गरेकी थिइन् । ‘सनम रे’ फिल्मताका भने उनको नाम सोही फिल्मका हिरो पुलकित सम्राटसँग जोडिएको थियो ।

गायिका चौहान ‘साइबर ब्युरो’ गएपछि...

‘धुरन्धर’ को ‘फस्टलुक’ सार्बजनिक भए लगत्तै रणवीरको डनः ३ बारे आयो नयाँ अपडेट

बबि देओलले गरे जवान निर्देशक एटलीसँग सहकार्य, देखिनेछन् डरलाग्दो रूपमा

चलचित्र ‘जनै हराएको मान्छे' : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

प्रतिक्रिया