सन्दीप लामिछानेविरुद्धको मुद्दा शिशिरराज ढकालको इजलासमा

काठमाडौं - क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा तोकिएको छ ।
क्रिकेटर लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा दायर जबरजस्तीकरणी मुद्दाको आइतबार अन्तिम सुनुवाइ हुन लागेको हो ।
गत २३ कात्तिकमा न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले दुवै पक्षलाई एक महिनाभित्र बहस नोट पेश गर्न आदेश दिएको थियो । यसपछि वादी र प्रतिवादी दुवै पक्षका अधिवक्ताहरुले बहस नोट बुझाइसकेका छन् ।
गत १५ फागुनमा सर्वोच्च अदालतले चाँडो फैसला गर्न आदेश दिए पनि विभिन्न कारणले सुनुवाइ ढिलाइ भएको थियो ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया