आज चार घण्टा नारायणगढ–मुग्लिङ सडक खण्ड बन्द हुने

चितवन - आज पनि नारायणगढ–मुग्लिङ सडक खण्ड अवरोध हुने भएको छ ।
नारायणगढ–मुग्लिङ सडक खण्डमा निर्माणाधीन पुलहरू मध्य बाँकी रहेको तुइन खोला पुलमा पुलको जग र एप्रोच सडकको लागि कडा चट्टानी पहाड फुटाइ पुनः निर्माण कार्य सुचारू गर्नका लागि उक्त सडक खण्ड बन्द गर्न लागिएको हो ।
हिजो देखि बन्द हुन सुरू गरेको सो सडक खण्ड आज पनि अपरान्ह १२ बजे देखी दिउँसो ४ बनेसम्म यातायात सञ्चालन पूर्ण रुपमा रोकिन ट्राफिक कार्यालयले जनाएको छ ।
जसअनुसार मुग्लिङ तर्फबाट छिर्ने सवारीसाधनहरू यात्रुबाहक सवारी जस्तै मिनीबस, माइक्रो बस र साना सवारीसाधन मुग्लिङ बजारदेखि मनकामना केबुलकार गेटसम्म तथा पोखरातर्फबाट आउने सवारी बेनिटार देखि पावरहाउससम्म रोकिनेछ , नारायणगढतर्फ छिर्ने सवारीसाधनहरू पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म रोकिनेछन ।
मुग्लिङतर्फ छिर्ने ट्रक, लरी, ट्रेलर, ट्रिपर, टयाङक र भारी सवारी साधन भने लेवाटार र सत्र सय फाँटमा रोकिने छन भने नारायणगढतर्फ छिर्ने यस्ता सवारी साधनहरू भतेरी जंगल देदेखि रामनगरसम्म रोकिने ट्राफिक प्रहरीले जनाएको छ ।
उसका अनुसार यो यात्रा अवरोध पुस ७ देखी २८ गतेसम्म जारी रहने भएकाले यसै अनुसार व्यवस्था गर्न गराउन अनुरोधसमेत गरिएको छ ।

तरबुजाको दानाबाट शरिरले पाउनेछ आधा दर्जन फाइदा

नेपाली युवा उद्यमी मञ्च काठमाडौँ च्याप्टरको अध्यक्षमा अप्पा शेर्पा
दुम्कीवास–दाउन्ने सडक खण्ड : ‘अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम र…

धोबिखोलामा बाढी : अनामनगरको सडकमै बग्यो खोला (भिडियो)

ग्वार्को फ्लाईओभर उद्घाटन

६१ केजी अवैध सुन तस्करी प्रकरण : फरार रहेकी रोका पक्राउ

प्रतिक्रिया