'कोभिडको तेस्रो लहर आउन सक्छ, बालबालिकाको उपचारको लागि २० प्रतिशत बेड छुट्याउनू'

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को तेस्रो र चौथो लहरमा बालबालिका बढी प्रभावित हुने जनाएको छ । सरकारी, निजी, सहकारी तथा सामुदायिक अस्पताललाई संक्रमित बालबालिकाको उपचारका लागि अहिले छुट्याइएको भन्दा थप २० प्रतिशत बेड छुट्याउन आग्रह गरेको हो ।
पहिलो र दोस्रो लहरको कोभिडमा प्रौढ र युवाहरू बढी प्रभावित भएकाले उनीहरूका लागि मात्र उपचार व्यवस्था गरिएको मन्त्रालयले जारी विज्ञप्तिमा उल्लेख छ । 'वैकल्पिक अक्सिजनको व्यवस्थापन समेत गर्न अनुरोध गरिएको छ,' विज्ञप्तिमा लेखिएको छ ।
त्यसैगरी, बिरामीको उपचार व्यवस्थापनमा अस्पतालले पुर्याएको योगदान प्रति मन्त्रालयले धन्यवाद दिएको छ । स्वास्थ्यसंस्था र स्वास्थ्यकर्मीप्रति उच्च सम्मान रहेको पनि जनाएको छ ।

नेशनल बाथरोग सेन्टरले मनायो १२औँ वार्षिकोत्सव, पाँच लाखभन्दा बढी बिरामीलाई स…

धनगढीमा स्पा तथा वेलनेस थेरापी तालिम सुरु,स्पा र वेलनेस क्षेत्रमा अवसर बढ्दै
भारतबाट फर्केका तीन जनामा कोरोना पुष्टि

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अध्यक्षमा डा. सन्तोष पौडेल
मुस्ताङका चार पालिका ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा

राप्ती प्रादेशिक अस्पतालः अनुमतिभन्दा बढी शय्या सञ्चालनले समस्या

मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला र कलेजोको सफल प्रत्यारोपण

प्रतिक्रिया