ह्वासिन सिमेन्टलाई उत्खनन् गर्न वनको जग्गा २० वर्षलाई दिने

काठमाडौँ : सरकारले ह्वासिन सिमेन्ट नारायणी प्रालिलाई चुनढुङ्गा उत्खनन गर्न धादिङस्थित राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न दिने भएको छ । वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेको हो ।
कूल ४.९८ हेक्टर राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न पाउने भएको छ । २० वर्षसम्मको लागि प्रयोग गर्न स्वीकृति दिइएको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए । वनमा रहेका तीन सय १२ रुख पोलहरू हटाउन अनुमति दिने उल्लेख छ। नौ महिनामा निर्माण सम्पन्न गरी दैनिक ६० हजार बोरा सिमेन्ट उत्पादन गर्ने गरी उद्योगको निर्माण सुरु भएको थियो ।
२०७६ साउन २६ गते संसद्को सार्वजनिक लेखा समितिले ह्वासिन सिमेन्ट नारायणी प्रालीलाई २०० रोपनी जग्गा भाडामा दिन बेनिघाट रोराङ गाउँपालिकाले गरेको सम्झौता रद्द गर्न निर्देशन दिएको थियो । गाउँपालिकाले सो जग्गा सिमेन्ट कम्पनीलाई ५० वर्षका लागि भाडामा दिने निर्णय गरेको थियो । बेनिघाट रोराङ गाउँपालिका २ ताल्तिमा निर्माणाधीन हुवाजिन सिमेन्ट उद्योगमा १४ अर्ब ४० करोड चिनियाँ लगानी छ ।

नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई इप्पानको आग्रह

बेरूजु निरन्तर बढ्दो, राजस्व छुटको तथ्याङ्क संसद्मा पेस गरेर पारदर्शिता कायम गर्…

नीतिगत अन्योलले चार वर्षदेखि सुपारी निर्यात ठप्प

‘तरकारीमा विषादीको प्रयोग घटाऔँ’

पाथीभरामा केबलकार बनाउन बाटो खुल्यो

ग्लोबल कन्जुमर एक्स्पो २०२५ भृकुटीमण्डपमा भव्य रूपमा सुरु

संघ, प्रदेश सरकारी निकाय र स्थानीय तहमा बेरुजु रकम ७ खर्ब बढी

प्रतिक्रिया