कांग्रेस बागमती प्रदेश सम्मेलन शनिबार काठमाडौँमा

काठमाडौँ- नेपाली कांग्रेसको प्रथम बागमती प्रदेश सम्मेलन पुस ७ गते काठमाडौँमा हुने भएको छ । शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गरी सो बारेमा जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेस बागमती प्रदेशका प्रवक्ता तिलक दुवाडीले नेपाली कांग्रेस बागमती प्रदेशको प्रदेश सम्मेलन पौष ७ गते शनिबार काठमाडौँमा हुने बताए । उनले सम्मेलनको पार्टी केन्द्रीय सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने बताए ।
उनले भने, ‘नेपाली कांग्रेस बागमती प्रदेशको ऐतिहासिक प्रदेश सम्मेलन नेपाली कांग्रेसका श्रद्धेय सभापति एवं शेरबहादुर देउवाजीको प्रमुख आतिथ्यता र नेपाली नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको सभापतित्वमा २०८० साल पौष ७ गते शनिबार बिहान ८ः३० बजे समुद्घाटन हुनेछ ।’
कांग्रेसले यसअघि लुम्बिनी, गण्डकी र मधेश प्रदेशको प्रदेश अधिवेशन गरिसकेको छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया