नारायणगढ-मुग्लिन सडक चार घण्टा बन्द हुने

चितवन- नारायणगढ-मुग्लिन सडक खण्डको तुइन खोलामा पुल निर्माण गर्न यही पुस ७ गतेदेखि दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने भएको छ ।
पुस ७ गते बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम गरिने नागढुङ्गा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिन) ले आज एक सूचना जारी गरेर जनाएको हो ।
नारायणगढबाट मुग्लिनतर्फ जाने सवारी साधनमध्ये यात्रुवाहक सवारी साधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म रोकिने छन् भने मालवाहक सवारी साधन भतेरी जङ्गलदेखि रामनगरसम्म रोकिने छन् ।
यसैगरी, काठमाडौँबाट आउने यात्रुवाहक सवारी साधन मुग्लिन बजारदेखि मनकामना केवलकारसम्म र मालवाहक सवारी सधान लेवाटारमा रोक्नुपर्नेछ । पोखराबाट आउने यात्रीवाहक सवारी साधन बेनीटारदेखि पावरहाउससम्म र मालवाहक सवारी साधनलाई सत्रसय फाँटमा रोक्नुपर्ने आयोजनाले जनाएको छ ।
उक्त सडकका १९ वटा पुलमध्ये चार वटा चार वर्ष अघि निर्माण भएका हुन् भने बाँकी १५ पुलको काम एकै साथ थालिएको थियो ।

बाढीले पुल भासिँदा आवतजावत ठप्प

नारायणघाट–बुटवल सडक आयोजनाको म्याद एक वर्ष थपियो

हुम्ला–मुगु लिङ्क रोडः लोतीखोलामा ‘बेलीब्रिज’ जडान

सुक्खा पहिरोले बेनी–जोमसोम सडकमा आवतजावत रोकियो

रसुवागढी सीमानाकामा बेलीब्रिज निर्माण सुरु : आगामी भदौ ३० गतेभित्र सम्पन्न गर…

बस्ती जोगाउन गेग्रान पन्छाउँदै पालिका

तीन वर्षमा पनि बनेन मध्यपहाडीको दुई किमि सडक

प्रतिक्रिया