नेपाल र श्रीलंकाका विदेशमन्त्रीबीच सार्क र बिमस्टेकलाई बलियो बनाएर लैजानेबारे छलफल

काठमाडौँ- परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र श्रीलंकाली समकक्षी मोहम्मद उवैस मेहम्मद अली साब्रीबीच सार्क र बिमस्टेकलाई बलियो बनाएर लैजानेबारेमा छलफल भएको छ ।
बिहीबार काठमाडौँमा भएको दुई मन्त्रीबीचको छलफलमा क्षेत्रीय संगठनहरू सार्क र बिमस्टेकलाई बलियो बनाएर लैजानेबारेमा छलफल भएको परराष्ट्रमन्त्री साउदले बताए । उनले छलफलमा दुई पक्षीय सम्बन्धहरूको पुनरावलोकन, व्यापार, लगानी, कनेक्टिभिटी, पर्यटन, संस्कृति, शिक्षा, रक्षा र इमिग्रेशनका बारेमा छलफल भएको बताए । उनले संयुक्त राष्ट्रसंघ र अन्य बहुपक्षीय फोरमहरूमा दुवै राष्ट्रले परस्पर मिलेर सहकार्य गर्ने विषयमा कुराकानी भएको पनि बताए ।
पत्रकार सम्मेलनमा बोल्दै श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मेहम्मद अली साब्रीले शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन लगायतका क्षेत्रमा नेपाल र श्रीलंकाबीच सहकार्य गरेर जाने बारेमा छलफल भएको बताए । उहाँले सार्क र बीमस्टेक लगायतका क्षेत्रीय कार्यक्रमहरूमा विशेष जोड दिइ अघि बढ्ने बारेमा पनि छलफल भएको बताए ।
पर्यटन प्रवर्द्धनका लागि नेपाल र श्रीलंकाबीच थप सहकार्य गर्नेबारेमा पनि छलफल भएको बताए । दुई देशबीचको सम्बन्ध विस्तारका बारेमा पनि छलफल भएको उनको भनाइ छ ।

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

मुख्यमन्त्री कार्कीसँग चीनका राजदूत सोङको शिष्टाचार भेट

राष्ट्रपतिसँग इजिप्टका राजदूतको बिदाइ भेट

प्रतिक्रिया