उदयपुर सिमेन्ट कारखाना देशकै लागि महत्वपूर्ण : अर्थमन्त्री

उदयपुर- अर्थमन्त्री डा प्रकाशशरण महतले उदयपुर सिमेन्ट कारखाना देशकै लागि महत्वपूर्ण भएको बताएका छन् ।
उद्योगले प्रयोगमा ल्याएका खानीको उदयपुरमा निरीक्षण गर्दै उनले यस उद्योगका समस्या सबै मिलेर समाधान गर्नुपर्ने बताए । उनले कारखाना निरीक्षणका क्रममा सामूहिक प्रयासबाट मात्र उद्योग पुनः सञ्चालनको सम्भावना रहेको उल्लेख गरे ।
सरकारले अनुदान दिएर मात्र समस्याको समाधान ननिस्कने मन्त्री डा महतको भनाइ थियो । निजी क्षेत्रद्वारा धेरै उद्योग व्यवसाय सञ्चालन भएका उल्लेख गर्दै मन्त्री डा महतले श्रमिकका गुनासा सम्बोधन गर्न जरुरी भएको बताए ।
उदयपुर सिमेन्ट कारखाना सञ्चालनका लागि जापान सरकारले सहयोग गरेको हो । स्थापनाका बेला कारखानामा रु ४४ करोड लगानी गरिएको थियो । अहिले पनि कारखानाले रु एक अर्बको साँवाब्याज केही तिर्नुपरेको छैन । सञ्चालन खर्चको दायित्व पूरा गरे पुग्छ । तर, कारखानाले पूर्ति गर्न सकेको छैन । अहिले कारखानामा रु ७५ करोडको दायित्व रहेको मन्त्री डा महतले बताए ।
उद्योग बचाउन समयसँगै नयाँ प्रविधिको उपयोग गर्न आवश्यक भएको उनले बताए ।

देशलाई अगाडि बढाउन नयाँ चरणको आन्दोलनको तयारी भइरहेको छः अध्यक्ष लिङ्देन

नेकपा माओवादी केन्द्रले भन्योः वर्तमान गठबन्धनको सरकार धेरै दिन टिक्दैन
विद्या भण्डारीले गरिन् सरकारी सेवा सुविधा परित्याग

विकास सहायतालाई अनुमानयोग्य र पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आह्वान

नेतृत्वप्रति आक्रोश भए पनि व्यवस्थाप्रतिको समर्थन घटेको छैनः माधव नेपाल

‘कुलिङ पिरियड’ प्रकरण : सभापति खतिवडाले गुहारे राष्ट्रियसभा

कांग्रेस बैठकमा ३५ जनाले राखे धारणा

प्रतिक्रिया