राष्ट्रपति, प्रधानमन्त्री निवास वरपर थप दुई महिना निषेधाज्ञा

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय काठमाडौँले राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री निवास वरपरको निषेधाज्ञालाई दुई महिना थप गरेको छ ।
प्रशासन कार्यालयले आज बुधबार सूचना निकालेर राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री निवास वरपरको निषेधाज्ञालाई कायम राखेको हो । गत महिना एक महिनाका लागि यी क्षेत्रमा निषेधाज्ञा जारी गरेमा समय सकिएपछि प्रशासनले दुई महिना थप गरेको हो ।
यस्तै प्रशासनले माइतीघरदेखि बानेश्वरसम्म जारी गरेको निषेधाज्ञालाई पनि थप दुई महिना लम्ब्याएको छ । सुरक्षा संवेदनशीलता र सर्वसाधारणको सुविधालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरेको प्रशासनले जनाएको छ ।
यी क्षेत्रमा निषेधाज्ञा अवधिभर पाँच जनाभन्दा बढी व्यक्ति भेला भई जुलुस, प्रदर्शन, धर्ना, आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ ।

विपन्न महिलाको उत्थानका निम्ति नवउद्यम कार्यक्रम

आज बागमती प्रदेशमा सार्बजनिक बिदा

आज कुन-कुन प्रदेशमा पानी पर्दैछ?

आज तपाइको भाग्य कस्तो छ? (हेर्नुहोस राशिफल)

मुग्लिनमा मापसे गरेका चालकले बस एकआपसमा ठोक्काए, प्रहरीले लियो नियन्त्रणमा

२५ वर्षमा बाल मृत्युदरमा ७८ प्रतिशतले कमी
_dFhR7ZzbOe_nzzcejongiwyxgvqjfrhtywapllf6fz2m166326sv2wepmifeccwdtjtbmik_031Ph3wHA7_ztxpjgdl5kqihgkniyau9yylzf0xicvdh589fr3f5bqgsjlpsfsv67hkhuio.jpg)
‘मिसेस टुरिजम क्विन इन्टरनेशनल–२०२५’ मा नेपाललाई ऐतिहासिक सफलता, डा मल्लले …

प्रतिक्रिया