झापामा हात्तीको आक्रमणबाट कार्यालय सहयोगीको मृत्यु
अर्जुनधारा (झापा)- जङ्गली हात्तीको आक्रमणमा परी झापामा आज वडा कार्यालय सहयोगीको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट हल्दिबारी गाउँपालिका-२ का कार्यालय सहयोगी ५५ वर्षीय पाथल राजवंशीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीका अनुसार बिहानै घुम्न निस्किएपछि राजवंशी सम्पर्कविहीन भएका थिए । घर नफर्किएपछि परिवारका सदस्यहरूले उनको खोजी गर्दा घर नजिकैको नालामा मृत फेला परेका थिए ।
जिल्ला वन डिभिजन कार्यालय र प्रहरीको टोलीले घटनाबारे अनुसन्धान गरिरहेको छ । राजवंशीको शव परीक्षणका लागि मेची प्रादेशिक अस्पताल लगिएको छ । गत मङ्सिरमा पनि हल्दिबारी र दमकमा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको थियो । रासस

शर्मिला वाइबा पक्राउ

पोखरामा लागुऔषध कारोबारी बढ्दै

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

डाँका तथा कर्तव्य ज्यान कसूरमा संलग्न ९ जना पक्राउ

आत्महत्या दुरुत्साहनमा श्रीमानसहित सासूससुरा पक्राउ

सशस्त्र प्रहरीका ७७ जना अधिकृतको बढुवा सिफारिस

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया