बिहीबार १९ असार, २०८२
Thursday, July 03, 2025

जि.डब्लु.एमको वीन्टर अफर के-के छन् ?

काठमाडौँ- नेपालमा जि.डब्लु.एम सवारी साधनहरूको आधिकारिक वितरक, भि.जि. इम्पेक्स प्रा. लि.ले लक्जरी सेभिङ साथै अन्य फाइदाहरूका साथ वीन्टर अफर ल्याएको छ । यो सिजनमा यी उत्कृष्ट प्रस्तावहरू लक्जरी ड्राइभको आनन्द लिन चाहने कार उत्साहीहरूलाई विशेष अनुभव प्रदान गर्न डिजाइन गरिएको हो ।

दि लक्जरी ड्राइभः ३ लाखसम्मको फाइदा !
लक्जरी ड्राइभ खोज्नेहरूका लागि जि.डब्लु.एमले दि लक्जरी ड्राइभ प्रस्ताव ल्याएको छ । यो अफरमार्फत विद्युतीय सवारीसाधन उत्साहीहरूले जि.डब्लु.एमका प्रिमियम र परिष्कारको अनुभव लिन सक्नेछन्, जसमा रु ३ लाखसम्मको फाइदाहरू छन् । ९.४९ लाखको डाउन पेमेन्टमा रेट्रो–मोर्डनिस्टिक ओरा ०३ इभीले वातावरणीय चेतनासँग अत्याधुनिक प्रविधिको संयोजनसहितको पहिले अनुभव नगरिएको ड्राइभिङ अनुभव प्रदान गर्दछ ।

गियर अप फर ग्रेट डिल्स : ७ लाख सम्मका फाइदाहरू !
जि.डब्लु.एमको गियर अप फर ग्रेट डिल्स अफरको साथ ग्राहकहरूले जि.डब्लु.एमका प्रिमियम एसयूभी हरूमा आकर्षक नगद छुट, एक्सचेन्ज बोनस, फ्रि एक्सेसरिज र निःशुल्क व्यापक बीमासहित धेरै सुविधाहरूको आनन्द लिन सक्नेछन् ।

यो विशिष्ट प्याकेजले ग्राहकहरूलाई आकर्षित गर्नुका  साथै पर्याप्त बचत र अतिरिक्त सुविधाहरूको मजा लिन सक्नेछन् । चाहे प्रिमियम एसयूभी होस वा विद्युतीय सवारी होस् जि.डब्लु.एमसँग प्राथमिकता र जीवनशैली अनुरूप विभिन्न विकल्पहरू रहेका छन् ।

कम्पनी ग्राहकहरूलाई उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्न प्रतिबद्ध छ, र यो अफरहरू त्यस प्रतिबद्धताको प्रमाण हो । लक्जरी ड्राइभ र गियर अप फर ग्रेट डिल्स यस सिजनमा ग्राहकहरूलाई आनन्द र उत्साह प्रदान गर्न विशेष रुपमा तयार पारिएको छ ।

के हो जि.डब्लु.एम ?
जि.डब्लु.एम नेपालले हाभल एच् सिक्स, हाभल जोलायन, ओरा ०३ ईभी पावर र विङ्गल ५ जस्ता ग्लोबल मोडेलहरूका साथ नेपालमा आफ्नो उपस्थितिलाई स्थापित गरेको छ । जिडब्लुएम–नेपालले आफ्नो बजार विस्तार गर्न अत्याधुनिक मोडलहरू र प्रिमियम सुविधाहरू उपलब्ध गराउँदै भावी पुस्ताको अटोमोटिभ चाहनालाई बढावा दिने गरेको जनाएको छ ।

ग्रेट वाल मोटर (जि.डब्लु.एम) ग्लोबल इन्टेलिजेन्ट टेक्नोलोजी कम्पनी हो जसको विश्वबजारमा ८० सब्सिडायरी र अफिलिएटस्हरू रहेका छन् । साथै, यस कम्पनीको कर्मचारी संख्या ७०,००० भन्दा धेरै रहेको छ ।

विगत ६ वर्षदेखि कम्पनीले हरेक साल १० लाखभन्दा धेरै गाडीहरू बिक्री गरिरहेको दाबी गरेको छ । चीनबाहेक जि डब्लु एमले आफ्ना उत्कृष्ट गाडीहरू ६० भन्दा धेरै राष्ट्रहरूमा ७०० भन्दा धेरै केन्द्रबाट बिक्री गरिरहेको छ ।

भि.जी. इम्पेक्स नेपालमा ग्रेट वाल मोटरको आधिकारिक आयातकर्ता हो । वर्षौंदेखि चीनका साथै विश्वको ६० भन्दा बढी राष्ट्रहरूमा अत्याधिक सफलताको आनन्द लिएपछि भि.जी. इम्पेक्स/ग्रेट वाल मोटर नेपालले गाडीहरू नेपाल ल्याएको हो ।

जि.डब्लु.एम नेपालले आफ्ना बिक्री र बिक्रीपछिको स्तरीय सेवाहरूलाई पनि निरन्तर स्तरोन्नति गर्दै देशव्यापी नयाँ बिक्री केन्द्रहरू थप्दै सेवा सुविधाहरूमा वृद्धि ल्याइरहेको छ । कम्पनीले उपभोक्ताहरूलाई नयाँ र वृहत सेवाहरू प्रदान गर्ने र नेपालको इलेक्ट्रिक भेहिकल इकोसिस्टमलाई अगाडि बढाउनमा केन्द्रित रहेको छ । 

टिएम १ का १०० भन्दा बढी युनिटहरू सडकमा गुड्दै: नेपालको फेवरेट कमर्सियल ईभीको महत्वपूर्ण उपलब्धि

टिएम १ का १०० भन्दा बढी युनिटहरू सडकमा गुड्दै: नेपालको फेवरेट कमर्सियल ईभीक…

यामाहाले ग्लोबल लेगेसीको ७० औं वार्षिकोत्सवमा मनायो अर्थपूर्ण उत्सव

यामाहाले ग्लोबल लेगेसीको ७० औं वार्षिकोत्सवमा मनायो अर्थपूर्ण उत्सव

शार्क ट्याङ्क नेपालको पहिलो सिजनको “पावर्ड बाइ” प्रायोजक बन्यो टीभीएस अपाचे

शार्क ट्याङ्क नेपालको पहिलो सिजनको “पावर्ड बाइ” प्रायोजक बन्यो टीभीएस अपाचे

यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव: यामाहा नेपालले मनाउँदैछ अविस्मरणीय यात्राको उत्सव

यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव: यामाहा नेपालले मनाउँदैछ अविस्मरणीय यात्रा…

२३ दिनमै देशभरिका ८ अत्यन्तै कठिन अफ–रोड ट्रेल पार गर्ने विश्वकै पहिलो पिकअप

२३ दिनमै देशभरिका ८ अत्यन्तै कठिन अफ–रोड ट्रेल पार गर्ने विश्वकै पहिलो पिकअप

टोयोटाको बिक्रीमा उल्लेखनीय वृद्धि, उत्पादनमा केही कमी

टोयोटाको बिक्रीमा उल्लेखनीय वृद्धि, उत्पादनमा केही कमी

यामाहा नेपालद्वारा काठमाडौंको गोंगबुमा नयाँ ३एस शोरुमको उद्घाटन

यामाहा नेपालद्वारा काठमाडौंको गोंगबुमा नयाँ ३एस शोरुमको उद्घाटन

सेरेसले नेपालभर सुरुगर्यो मनसुन एक्सचेन्ज क्याम्प – उत्कृष्ट भ्यालुएसन र एक्सचेन्ज बोनसको ग्यारेन्टी

सेरेसले नेपालभर सुरुगर्यो मनसुन एक्सचेन्ज क्याम्प – उत्कृष्ट भ्यालुएसन र एक्सचेन्ज…