एमालेले अब मुलुकको आर्थिक-सामाजिक समृद्धिको विशाल खाका तयार पार्छ : योगेश भट्टराई
काठमाडौँ- नेकपा (एमाले)का सचिव एवं पूर्वमन्त्री योगेशकुमार भट्टराईले पार्टीले मुलुकको आर्थिक-सामाजिक समृद्धिको विशाल खाका तयार पार्ने बताएका छन् । पार्टीको मध्यपहाडी लोकमार्ग यात्राको क्रममा प्राप्त तथ्यहरूको आधारमा सो खाका तयारी पारी सरकारलाई दिने एमालेको योजना रहेको पनि उनले बताए ।
सचिव भट्टराईले सो यात्राको क्रममा आफूहरूले मध्यपहाडी क्षेत्रको विकासको सम्भावनालाई थेसिसको रुपमा ग्रहण गरेको र त्यसलाई विश्लेषण गरेर पार्टीले आगामी नीति तथा कार्यक्रमको रुपमा अघि बढाउने योजना रहेको पनि बताए । उनले मध्यपहाडी क्षेत्रको उद्यमशीलता, रोजगारी अभिवृद्धि गर्ने विषयमा पनि ठूलो व्यवहारिक ज्ञान प्राप्त भएको बताए ।
‘एमालेको तर्फबाट अब हामी मध्यपहाडी क्षेत्रको आर्थिक, सामाजिक समृद्धिको एउटा विशाल प्रोजेक्ट, परियोजना हामी बनाउँछौं । यो एउटा थेसिस बनायौँ हामीले । थेसिसका सबै डेटाहरू आए । अब यसलाई काठमाडौँमा बसेर संश्लेषण गर्छौं, विश्लेषण गर्छौं । र यसलाई एउटा डकुमेन्टेशन गर्छौं । र, यो मध्यपहाडी क्षेत्रको विशाल सम्भावनाको प्रोजेक्ट हुन्छ' भट्टराईले भने 'यो प्रोजेक्ट हामी सरकारलाई पनि दिन्छौं । योजना आयोगलाई दिन्छौं । अरुलाई दिन्छौं । हाम्रो पार्टी नीति अध्ययन प्रतिष्ठान छ । त्यसमा बसेर हामी गृहकार्य गर्छौं ।'
सचिव भट्टराईले सो यात्राको क्रममा मुलुकको सामाजिक सम्बन्धलाई बलियो बनाउने काम गरेको दाबीसमेत गरे ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया