गल्ती भयो, माफी चाहन्छु : गगन थापा

काठमाडौँ- पाल्पाको तानसेन नगरपालिकाको बोर्ड ढाकेर पार्टीको जिल्ला सम्मेलनको ब्यानर राखिएकाप्रति नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले माफी मागेका छन् । बुधबार सामाजिक सञ्जालबाट महामन्त्री थापाले माफी मागेका हुन् ।
तानसेन नगरपालिकाको बोर्ड ढाकेर कांग्रेस जिल्ला सम्मेलन राखिएको ब्यानर ।
'सम्मेलनको लागि नगरपालिकाको तल्लो तलामा रहेको हल भाडामा लिएर त्यसमा नै मूल ब्यानर टाँगेर कार्यक्रम सुरू भएको थियो तर हल बाहिर रहनुभएका साथीहरूले पनि मेरो कुरा सुन्न पाउनु पर्यो भनेर माग गरेपछि मन्तव्यको लागि आयोजकले भवनको माथिल्लो तलाको बार्दलीमा लैजानुभयो' महामन्त्री थापाले लेखेका छन् 'त्यसका लागि नगरपालिकाको ब्यानर छोप्नु र सम्मेलनको ब्यानर राख्नु गम्भीर लापरबाही हो । यसबारे जानकारी नराख्नु र ध्यान नपुग्नु मेरो गल्ती हो । त्यसप्रति म माफी चाहन्छु । पार्टीका निम्ति यो एउटा सिकाइ भएको छ, आगामी दिनमा यस्ता विषयमा थप सचेत रहनेछौं ।'

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया