कोभिड-१९ परीक्षण गर्न नमान्ने दुई व्यक्तिको मृत्यु

पाँचथर : कोभिड-१९ परीक्षण गर्न अस्वीकार गरेका दुई पुरुषको मृत्यु भएको छ । एन्टिजेन परीक्षणका लागि स्वास्थ्यकर्मीको टोली गाउँमै गएको समयमा परीक्षणका लागि गरिएको आग्रह अस्वीकार गरेका फिदिम नगरपालिका–८ का दुई पुरुषको बिहीबार मृत्यु भएको हो ।
उनीहरुलाई कोरोनाको लक्षणसँग मिल्ने स्वास्थ्य समस्याका कारण मृत्यु भएको हो । फिदिम–८ को कागते र घुमाउनेटार घर भएका क्रमशः ७२ र ६२ वर्षीय पुरुषको मृत्यु भएको वडाध्यक्ष शेरबहादुर नेम्वाङले जानकारी दिए । उनका अनुसार लक्षण देखिएका उनीहरुको परीक्षण हुन सकेको थिएन ।
'वडामा टोली आउँदा परीक्षण गराऔँ भनेर मैले नै भनेको हुँ, मान्नुभएको थिएन', वडाध्यक्ष नेम्वाङले भने,'हिजो दुःखद घटना भयो ।'
उनीहरुमा ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने जस्ता स्वास्थ्य समस्या थिए । एकको बिहीबार अपराह्न ३ः०० बजे घरैमा नै मृत्यु भएको थियो भने अर्कालाई श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि फिदिम ल्याउने क्रममा राति ९ः०० बजे बाटैमा मृत्यु भएको वडाध्यक्ष नेम्वाङले जानकारी दिए ।

ऐतिहासिक चण्डी बजारको संरक्षण
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_6PqttWXwFX_b1utr7hqiby80nkyv0dgm3mv0spt1qihzmlelscskwx4g3t1f6evkz8qvtnv_pmd6VlafD5_i91xdmvhfyacjfsjnzgozamcckxkltylasddqhqczq4qxhxdcnscuuahrcpn_4kv11zweMH_iy2vm7h7e8ce9mswsyqnkylume4byjnqawqimflsgjqjhdgxd7fwo9j17r6z.jpg)
घरेलु विवाद हुँदा गोली प्रहार, अर्चनाको मृत्यु

सुनसरीमा पानी नपर्दा सुक्यो धानको ब्याड

ढिला अस्पताल लैजाँदा सुत्केरीको बाटोमै गयो ज्यान

दुई करोड ३० लाख लागतमा प्रशासनिक भवन निर्माण सकियो
_UwsmNTMtXu_cvfpczgougartzgwa0telwoajstscjdswvvmdzadvgsysaxjtffmzrfsco8f_ilPA7QqieZ_uifrxvcpmisg03zc407d9ayzveqpihatj182un0yswxoapbbqbh77fi1xucc.jpg)
रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

प्रतिक्रिया