विश्वविद्यालय स्थापना गर्ने बागमती प्रदेशको निर्णय

मकवानपुर- बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले बागमती प्रदेश विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
प्रदेशको शैक्षिक विकासका लागि प्रदेश सार्वजनिक विश्वविद्यालय स्थापना गर्नका लागि संरचना तयार गर्न अनुमति प्रदान गर्ने निर्णय मन्त्रिपरिषदले गरेको भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले जानकारी दिए । विश्वविद्यालय स्थापना गर्नका लागि संरचना तयार गर्न अनुमति प्रदान गर्ने निर्णय गरिएको छ ।
मन्त्रिपरिषद् बैठकले प्रदेश निजामती सेवा नियमावली मस्यौदा परामर्शका लागि प्रदेश लोकसेवा आयोगमा पठाउन स्वीकृति प्रदान गर्ने निर्णयसमेत गरेको छ । यस्तै बैठकले बागमती प्रदेशको मुख्यमन्त्री कार्यालय तथा स्वास्थ्य मन्त्रालयको सङ्गठन संरचना र दरबन्दी स्वीकृति प्रदान गर्ने पनि निर्णय गरेको मन्त्री दुलालले बताए ।
स्वास्थ्य मन्त्रालयतर्फको स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाको रिक्त दरबन्दी पदपूर्ति गर्न समेत प्रदेश लोकसेवा आयोगलाई अनुमति दिने निर्णय गरिएको छ ।

विद्यार्थीलाई ‘हाउस वायरिङ’ तालिम

धुलिखेलमा परामाणविक केन्द्र निर्माणको प्रक्रिया बढाइँदै, क्यान्सरको उपचारमा उपय…

शिक्षक, कर्मचारी र विद्यार्थी सङ्ख्या बराबर

चावहिलको स्टेरवे एजुकेशनल सर्भिसेजले निबन्ध प्रतियोगिता गर्दै

गर्मी बढेपछि बर्दिवासका विद्यालय तीन दिन बन्द

प्रभावकारी बन्दै सिक्दै कमाउँदै

अत्यधिक गर्मीले वीरगञ्ज महानगरका विद्यालय आज र भोलि बन्द

प्रतिक्रिया