कुमारी बैंककाे क्रिस्मस, यःमरि पुन्हि र तमु ल्होसारलक्षित आकर्षक छुट तथा अफर

काठमाडौँ- कुमारी बैंक लिमिटेडले आउँदै गरेको क्रिस्मस, यःमरि पुन्हि तथा तमु ल्होसारलाई लक्षित गरी नागरिक बचत खातामा आफ्ना ग्राहकहरूको सेवासुविधालाई मध्यनजर गर्दै चाड पर्वको अवसरमा आकर्षक छुट तथा अफरहरू प्रदान गर्ने निर्णय गरेको छ । आउँदो पुस ८ देखि २० गतेसम्म नयाँ खोलिने खातामा पहिलो एक वर्षसम्म डेबिट कार्ड, मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग सुविधाहरू निःशुल्क प्रदान गर्नेछ भने सो खातामा न्यूनतम् रकम रु एक हजार हुनुपर्नेछ । उक्त सुविधाहरू नागरिक बचत खातामा मात्र लागू हुनेछ ।
डिजिटल बैंकिङ्ग सेवाहरूलाई प्रोत्सहान गर्नका साथै बैंकिङ्ग सेवामा उत्कृष्टताको आफ्नो परम्परालाई निरन्तरता दिँदै आफ्ना ग्राहक तथा समुदायको समृद्धिमा योगदान पुर्याउन बैंक सदैव तत्पर रहने बैंकले जनाएकाे छ ।
आफ्ना देशव्यापी ३०९ शाखा–सञ्जाल, ३१४ एटिएम, ६५ शाखा रहित बैंकिङ्ग इकाई तथा ४९ एक्स्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तीय सेवा सुविधा दिँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

गरिमा विकास बैंक एनपीएस नेसनल कार्ड स्विच तथा नेपाल कार्डमा आबद्ध

‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौ वर्षमा प्रवेश, नबिल ग्रीन विक मनाइँदै

सोमबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

ग्लोबल आइएमई बैंकले अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस तथा ग्लोबल…

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

ग्लोबल आइएमईका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा १५ प्रतिश…

प्रतिक्रिया