आइतबार २१ बैशाख, २०८२
Sunday, May 04, 2025

सातामा एक दिन श्रम स्वीकृति लिन पाइने

काठमाडौँ : वैदेशिक रोजगार कार्यालयमा सातामा एकदिन भौतिक रूपमा उपस्थित भइ श्रम स्वीकृति लिन पाइने भएको छ । यो सेवा आगामी २६ गतेबाट सुरु हुने भएको हो । हरेक बुधबार कार्यालयमा श्रम स्वीकृति लिन पाइने कार्यालयले जनाएको छ । 

यसअघि कोभिड संक्रमण बढेपछि वैशाख २४ गतेबाट भौतिक उपस्थिति भइ श्रम स्वीकृति लिने काम बन्द भएको थियो ।