आईपीएल इतिहासकै महंगा खेलाडी बने प्याट कमिन्स

काठमाडौँ- अस्ट्रेलियाका विश्वकप विजेता कप्तान प्याट कमिन्सले इण्डियन प्रिमियर लिग (आईपीएल) खेलाडी अक्सनमा नयाँ कीर्तिमान बनाएका छन् ।
आज दुबईमा जारी आईपीएलको खेलाडी अक्सनमा प्याट कमिन्सलाई सनराइजर्स हैदरावादले २० करोड ५० लाख भारुमा अर्थात ३२ करोड ८० लाख नेपाली रुपैयाँमा किनेको हो । यो आईपीएलको इतिहासमा खेलाडी अक्सनमा कुनै खेलाडीका लागि अहिलेसम्म तिरिएको सबैभन्दा ठूलो रकम हो ।
यसअघि २०२३ को अक्सनमा इङल्याण्डका साम कुरानलाई पञ्जाव किंग्सले १८ करोड ५० लाख भारुमा किनेको थियो भने २०२३ मै अस्ट्रेलियाका क्यामरुन ग्रीनलाई मुम्बई इण्डियन्सले १७ करोड ५० लाखमा र चेन्नई सुपर किंग्सले २०२३ मै इङल्याण्डका अलराउण्डर बेन स्टोकलाई १६.२५ करोडमा किनेको थियो ।
जारी अक्सनमा अहिलेसम्म न्यूजील्याण्डका युवा अलराउन्डर रचिन रविन्द्रलाई चेन्नई सुपर किंग्सले रविन्द्रलाई एक करोड ८० लाख भारुमा किनेको छ । त्यस्तै जारी खेलाडी अक्सनमा चेन्नईले भारतीय बलर श्रदुल ठाकुरलाई ४ करोडमा किनेको छ । त्यस्तै अफगानिस्तानका अजमातुल्लाह ओमरजाईलाई गुजरात टाइटन्सले ५० लाख भारुमा किनेको छ ।
त्यसैगरी सनराइजर्स हैदरावादले श्रीलंकाका वानिन्दु हसरंगालाई १.५ करोड भारुमा किनेको छ भने विश्वकपमा शानदार प्रदर्शन गरेर अस्ट्रेलियालाई विश्वकप जिताएका ट्राभिस हेडलाई सनराइजर्स हैदरावादले ६.८ करोड भारुमा किनेको छ ।
त्यस्तै इङल्याण्डका विस्फोटक ब्याट्सम्यान ह्यारी ब्रुकलाई दिल्ली क्यापिटल्सले ४ करोड भारुमा किनेको छ भने वेस्टइन्डिजका रोभमन पावेललाई ५.४ करोड मा राजस्थान रोयल्सले किनेको छ ।

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

प्रतिक्रिया