कमल थापाको जिकिर : नेपालमा राजासहितको प्रजातन्त्रमात्रै सही र सफल हुन्छ

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले नेपालमा राजासहितको प्रजातन्त्रमात्रै सही र सफल हुने बताएका छन् ।
गणतन्त्र छाडातन्त्र र भ्रष्टतन्त्रमा परिणत भएको जिकिर गर्दै उनले राजासहितको प्रजातन्त्र नै मुलुकका लागि उपयुक्त हुने दाबी गरेका हुन् । मंगलबार पार्टीद्वारा काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले ठूला दलहरूले राजाको नाममा निरंकुश व्यवस्था ल्याउन आफ्नो पार्टीले खोजेको भनेर भ्रम सृजना गरेको उल्लेख गर्दै आफूहरू राजासहितको प्रजातान्त्रिक व्यवस्था स्थापना गर्न लागि परेको बताए ।
अध्यक्ष थापाले नेपालमा छिट्टै राज संस्था र हिन्दु राष्ट्र कायम हुने समेत दोहोर्याए ।
अध्यक्ष थापाले वर्तमान शासन व्यवस्थाले मुलुकलाई आर्थिक रूपमा पनि संकटको डिलमा पुर्याएको बताए । कार्यक्रममा नेकपा एमालेका नेता तथा पूर्व सांसद गोविन्दविक्रम शाह राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालमा प्रवेश गरेका थिए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया