सञ्चारकर्मी सहदेव चौधरीकाे ‘चोखो माया' सार्वजनिक

काठमाडौँ- सञ्चारकर्मी सहदेव चौधरीले लेखेकाे ‘चोखो माया' बाेलकाे गीत सार्वजनिक भएकाे छ । चौधरीकाे शब्दमा रहेकाे उक्त गीतमा संगीता राना प्रधानको स्वर रहेकाे छ ।
प्रेमका आग्रह गरिएको भावको यो गीतमा जुगल डंगोलले संगीत तथा एरेन्ज गरेका छन् । एक दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय चौधरी गीत-संगीततिर पनि चासो राख्दै आएका छन् । ‘चोखो माया’ उनीद्वारा रचित पहिलो गीत भएकाे उनले बताए ।
आर्टम्युज स्टुडियोमा रेकर्डिङ तथा मिक्सिङ गरिएको गीतलाई एसियन म्युजिक युट्युब च्यानलमा सार्वजनिक गरिएको छ । हाललाई अडियो मात्रै सार्वजनिक गरिएको गीतको भिडियो चाँडै ल्याइने चौधरीले बताए ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया