मंगलबार २३ बैशाख, २०८२
Tuesday, May 06, 2025

दुई अर्ब लागतमा यसरी हुँदैछ काठमाडौँ महानगरमा फुटपाथ सुधार (फोटो फिचर)

तस्बिर : अनुज बज्राचार्य/इकागज

काठमाडौँ- फुटपाथमा इँटा लगाउने तथा ढल निकासमा समस्या समाधानका लागि काठमाडौँ महानगरपालिकाले व्यवस्थापनको काम गरिरहेको छ । करिब दुई अर्ब रूपैयाँ खर्चेर काठमाडौँ महानगरले फुटपाथ सुधार एवं निर्माणका लागि काम गरिरहेको छ ।

महानगरले विभिन्न ठाउँहरूमा फुटपाथमा इँटा लगाउने तथा ढल निकासको काम गरिरहेको छ । प्रदर्शनीमार्ग, सिनामंगल, पुरानो बानेश्वर, पुतलीसडकलगायतका ठाउँहरूमा काम भइरहेको महानगरले जनाएको छ ।

तस्बिरहरू : अनुज बज्राचार्य/इकागज