आइतबार ०८ असार, २०८२
Sunday, June 22, 2025

माओवादीको पदाधिकारी बैठक बस्दै, राष्ट्रियसभा निर्वाचनबारे छलफल हुने

फाइल तस्बिर

काठमाडौँ- सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

आजको बैठकमा पार्टीको रुपान्तरण अभियान, राष्ट्रियसभा निर्वाचनलगायत समसामयिक विषयमा छलफल हुने माओवादीले जनाएको छ ।