कांग्रेस गण्डकी प्रदेश सम्मेलन आज, देउवाले उद्घाटन गर्ने

गण्डकी- नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको आजदेखि हुने प्रथम सम्मेलनको तयारी पूरा भएको छ । कांग्रेसका केन्द्रीय सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले जानकारी दिए ।
सम्मेलनमा सभापति देउवासहित पार्टी केन्द्रीय समितिका पदाधिकारीसमेत उपस्थित हुने सभापति शर्माले बताए । सम्मेलनको उद्घाटन पोखरा सभागृहमा हुने र बन्दसत्र भोलि पोखरा पार्टी प्यालेसमा हुने गरी व्यवस्था मिलाइएको छ ।
सम्मेलनमा पार्टीको गण्डकी प्रदेश कार्यसमितिसहित पाँच सय जना प्रतिनिधिले बन्दसत्रमा भाग लिने पार्टीको गण्डकी प्रदेश प्रचार–प्रसार समितिका उपप्रमुख शिरोमणि बरालले बताए ।

डेढ दशकभन्दा अगाडिदेखिका आयोजना अधुरै : गाउँभर खानेपानी समस्या

नारायणघाट-बुटवल सडकखण्ड राति १० घण्टा बन्द हुने

लेकाली च्याउ, टुसा र ढकायो उपभोक्ताको रोजाइमा

बाँदर नियन्त्रण गर्न सामुदायिक वनमा फलफूल खेती गरिने

हत्या अभियोगमा दुई जना पक्राउ

उपल्लो मुस्ताङमा बागवानीको ‘सेटलाइट कृषि फार्म’

दव्ल्याङमा पहिरोले कालीगण्डकी करिडोर क्षतविच्छेद, सवारी आवागमन ठप्प

प्रतिक्रिया