उपप्रधानमन्त्रीसहित जसपाको महन्थ समूह सरकारमा जाने

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर समूह सरकारमा सहभागी हुने भएको छ । सरकारमा सहभागी हुनेबारे अहिले बालुवाटारमा निर्णायक छलफल जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोबीच अहिले बालुवाटारमा छलफल भएको उनी निकट एक नेताले जानकारी दिए । उनीहरूबीच एक सातादेखि सत्ता समिकरणबारे लगातार छलफल भइरहेको छ ।
ठाकुर निकट नेताका अनुसार ठाकुर, महतो र ओलीबीच मन्त्रालय बाँडफाटमा अझै कुरा मिलेको छैन । केही समयमै मन्त्रालय टुंगो लगाएर आजै वा भोलिसम्म सरकारमा सहभागी हुने ति नेताले बताए । उपप्रधानमन्त्रीसहित वाणिज्य तथा आपूर्ति मन्त्रालयसहित महतोको नेतृत्वमा जसपा सरकार जाने तयारी रहेको पनि उनको जिकिर छ ।
जसपामा ठाकुर र महतो समूह ओलीलाई सहयोग गरेर सरकारमा जाने तयारी छ । तर अर्का अध्यक्ष उपेन्द्र यादव र जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई ओलीलाई जसरी पनि हटाउने तयारी छन् ।

युरोपका नेपाली समुदायलाई प्रधानमन्त्रीको आग्रह : ‘सक्दो छिटो स्वदेश फर्कनुस्’

विधान महाधिवेशनमा केन्द्रित हुन महासचिव पोखरेलको निर्देशन

कांग्रेस बैठकमा समसामयिक विषयमा छलफल जारी

रास्वपाको सचिवालय बैठकले गर्यो यस्तो निर्णयहरु

कोइरालाले चौधरीलाई लक्षित गर्दै भनेः पार्टीलाई चन्दा दिएकै भरमा सबैले नेता म…

संविधानको महत्त्वपूर्ण कुरा उल्टाउने प्रयास हुँदैछः अध्यक्ष प्रचाण्ड

नेकपा एसले रामकुमारी झाक्रीलाई सोध्यो स्पष्टीकरण

प्रतिक्रिया