२४ किलो गाँजासहित पाँचजना पक्राउ

काठमाडौँ- करिब २४ किलो ६ सय ३० ग्राम अवैध लागूऔषध गाँजासहित ललितपुरबाट ३ जना, उदयपुर र म्याग्दीबाट १/१ जना गरी जम्मा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ललितपुरबाट पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका-८ लुभु बस्ने ५२ वर्षीय विरेन्द्र श्रेष्ठ, ४७ वर्षीय विरेन्द्र श्रेष्ठ र ५४ वर्षीय सुरेश श्रेष्ठ रहेका छन् । प्रहरी प्रभाग लुभु र प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई करिब ११ किलो १ सय १ सय ८० ग्राम गाँजासहित आइतबार साँझ पक्राउ गरेको हो ।
उदयपुरबाट पक्राउ पर्नेमा बेलका नगरपालिका-९ भचुवा बस्ने २१ वर्षीय रबिन राई छन् । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई करिब १३ केजी गाँजासहित आइतबार दिउँसो पक्राउ गरेको हो ।
म्याग्दीबाट पक्राउ पर्नेमा रघुगंगा गाउँपालिका-३ मौवाफाट बस्ने ४६ वर्षीय गोपाल दर्जी छन् । इलाका प्रहरी कार्यालय दानाबाट खटिएको प्रहरीले उनलाई करिब १ केजी ४ सय ५० ग्राम गाँजासहित अन्नपूर्ण गाउँपालिका-३ काभ्रेबाट आइतबार बिहान पक्राउ गरेको हो ।

फुड रियालिटी सो सेफ नेपालः द प्रोफेशनलको आवेदन खुल्ला

वैज्ञानिकहरूले फेला पारे डाइनोसर युगको ११३ मिलियन वर्ष पुरानो कमिला

जब १ हजार ताराहरू एक आपसबाट भागिरहेको भेटियो, वैज्ञानिक हैरान

यस्तो छ आजको राशिफल

रामजानकी मन्दिर निर्माणको काम सुरु

एसपी गिरीले सम्हाले रौतहट प्रहरीको कमाण्ड

प्रतिक्रिया