अब योग्यताका आधारमा विश्वविद्यालयमा उपकुलपतिको नियुक्ति हुन्छ : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले योग्यताको आधारमा त्रिभुवन विश्वविद्यालयमा उपकुलपतिको नियुक्ति गर्ने बताएका छन् । सोमबार त्रिभुवन विश्वविद्यालयको ४९ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्रीले त्रिभुवन विश्वविद्यालयबाट नै राजनीतिक भागबण्डाको अन्त्य गर्नेसमेत प्रतिबद्धता जनाए । उनले नेपालमा आधारभूत शिक्षामात्र निःशुल्क नभइ विश्वविद्यालय शिक्षा पनि सर्वसुलभ बनाउने दिशामा काम गरिरहेको बताए । उनले आर्थिक हैसियत भएकाहरूको मात्र उच्च शिक्षामा पहुँच हुनु नहुने पनि बताए ।
उनले उच्च शिक्षा नीतिअनुरूप विश्वविद्यालय शिक्षामा पनि समयानुकूल सुधार गर्दै लगिएको बताए ।
प्रधानमन्त्री दाहालले आफ्ना विद्यार्थीलाई विश्वबजारमा अब्बल प्रमाणित गर्नसक्ने बनाउनु त्रिभुवन विश्वविद्यालयको आजको चुनौती रहेको बताए । उनले गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको बताए ।

एनआरएनएलाई उपप्रधानमन्त्री सिंहको बधाई, विदेशमा सिकेको ज्ञान सिपलाई जन्मभूमिक…

गभर्नर नियुक्तिको समस्या ओलीको कारण आएको होइनः देउवा

वामपन्थी नेता प्रदीप नेपालको निधन

विद्यालयदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रम परिवर्तन गर्ने विषय सकारात्मकः सांसद प…

नीति तथा कार्यक्रमको कुनै औचित्य छैन : अध्यक्ष यादव

राजनीतिक प्रतिशोधका घटना नरोकिए सधैं चुप लागेर बस्दैनौँः सांसद झा

रङ मिल्यो भन्दैमा बिरालो बाघ बन्दैनः प्रमुख सचेतक शाही

प्रतिक्रिया