सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

टिभिएस मोटर कम्पनीले सार्वजनिक गर्यो टिभिएस रोनिन ’मोडर्न-रेट्रो’

काठमाडौँ- टिभिएस रोनिन टिभिएस मोटर कम्पनीको पहिलो ‘मोडर्न-रेट्रो’ ३अनस्क्रिप्टेड लाइफस्टाइलको लागि समर्पित मोटरसाइकल हो । विश्वव्यापी रूपमा दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारी साधनहरूको प्रतिष्ठित निर्माता, टिभिएस मोटर कम्पनीले नेपालमा आफ्ना ग्राहकहरूका लागि टिभिएस रोनिन लन्च गर्दै प्रिमियम लाइफस्टाइल सेग्मेन्टमा प्रवेश गरेको छ ।

यसै अवसरमा ८ स्थानीय ब्लगर/ईन्फ्लुएन्सर/सोसेल मेडिया कन्टेन्ट क्रिएटरहरूले टिभिएस रोनिनको प्रक्षेपण समारोहमा सवारी गरेका थिए । आठ दिने यस सवारी काठमाडौँबाट सुरु भई पोखरा, जोमसोम, लुम्बिनी, सौराहा लगायत पहाड, हिमाल र तराईको विभिन्न भू-भागमा करिब १ हजार ३ सय किलोमिटरको दूरी पार गरी काठमाडौँमा समापन भएको थियो ।

टिभिएस रोनिन नयाँ युगका राइडरबाट प्रेरित जीवनशैलीको बयान हो । टिभिएस रोनिनलाई स्टाइल, प्रविधि र सवारी अनुभवलाई ध्यानमा राखेर निर्माण गरिएको छ जसले नयाँ पुस्ताका राइडरहरूका लागि अनस्क्रिप्टेड जीवनशैली प्रवर्द्धन गर्न सकिन्छ । २२५ अअ को यस मोटरसाइकलको तौल १६० के. जी. छ भने यसले २०.४ ps पावर उत्पादन गर्नुको साथै १९.९३ Nm टर्कले यसलाई मोटरसाइकल वर्गमा सबैभन्दा राम्रो पावर-टू-वेट रेसियो बनाउँछ । क्लासिक डिजाइन प्याकेजमा, मोटरसाइकललाई रेन र अर्बन एबीएस मोड, ग्लाइड थ्रु टेक्नोलोजी (जीटीटी), र भ्वाइस र राइड सहायतासहितको स्मार्ट ब्लुटुथ कम्युनिकेसन जस्ता विशिष्ट प्राविधिक सुविधाहरूसहित निर्माण गरिएको छ ।

टिभिएस रोनिनले टचपोइन्टहरूको कुरामा आफ्ना ग्राहकहरू र उनीहरूका प्रमुख सम्बन्धहरूलाई राम्रोसँग बुझेको छ । यसले ग्राहकहरूको मुख्यतया संगीत, यात्रा र सामाजिक सम्बन्धहरूद्वारा सञ्चालित अनुभवहरूलाई सहज रूपमा जोड्न मद्दत गर्दछ ।

लन्चबारे बोल्दै प्रिमियम टिभिएस मोटर कम्पनीका हेड बिजनेस, विमल सुम्ब्लीले भने, 'टिभिएस रोनिन ३अनस्क्रिप्टेड लाइफस्टाइल राइडरहरूका लागि डिजाइन गरिएको हो । आज टिभिएस रोनिन काठमाडौँमा लन्च गर्न पाउँदा हामी निक्कै हर्षित छौं र यसले नेपालका धेरै युवा राइडरलाई यो आधुनिक रेट्रो मोटरसाइकलको सहज सवार प्रति प्रोत्साहित गर्नेछ भन्ने कुरामा विश्वस्त छौं । अन्तर्राष्ट्रिय व्यापार पोर्टफोलियो निर्माण गर्ने धेरै वर्षको प्रतिबद्धताका साथ, टिभिएस मोटरले विश्वभरका दुई र तीन पाङ्ग्रे सवारीका चालकहरूको विविध आवश्यकताहरू पूरा गर्न बेन्चमार्क सेट गरेको छ । नेपालमा टिभिएस रोनिनको लन्च गर्नु हाम्रो विश्वव्यापी ग्राहकलाई उत्कृष्ट उत्पादनहरू प्रदान गर्ने दिशातर्फ अर्को एउटा कदम हो ।'

त्यस्तै गरी लन्चबारेमा टिप्पणी गर्दै पीटी टिभिएस मोटर कम्पनीका अध्यक्ष निर्देशक जे थङ्गराजनले भने, 'नयाँ टिभिएस रोनिनको लन्च नेपालमा टिभिएस मोटरका लागि महत्त्वपूर्ण माइलस्टोन हो । यो मोटरसाइकलको साथ नेपाली बजारमा हामीले बाइकिङ समुदायलाई टिभिएस रोनिनको विशिष्ट डिजाइन, अत्याधुनिक प्रविधि र जडान गरिएका सुविधाहरूको लाभ उठाउने अवसर प्रदान गर्ने लक्ष्य राखेका छौं । यो मोटरसाइकलको लन्चले हाम्रो उत्पादनको दायरा, विशेष गरी आधुनिक रेट्रो क्षेत्रमा, विस्तार गर्ने हाम्रो प्रतिबद्धतालाई जनाउँछ । '

टिभीएस मोटर कम्पनीका कार्यकारी निर्देशक अखिल गुप्ताले भने, 'टिभिएस रोनिन एउटा मोटरसाइकल मात्र नभई एक जीवनशैली हो । हामीलाई विश्वास छ कि यसलेको डिजाइन र आधुनिक प्रविधिको अद्वितीय मिश्रणले नेपालको जीवन्त संस्कृतिलाई प्रतिध्वनि गर्नेछ। टिभिएस रोनिनको यो लन्च हाम्रा ग्राहकहरूलाई नवीन र रोमाञ्चक उत्पादनहरू प्रदान गर्ने हाम्रो प्रतिबद्धताको प्रमाण हो ।'

टिभीएस रोनिन नेपाली बजारमा TD संस्करण (ट्रिपल टोन डुअल च्यानल ABS) मा उपलब्ध हुनेछ । यो पौष २०८० देखि देशभरका टिभीएस मोटर आउटलेटहरूमा रु. ४,४९,९०० मा उपलब्ध हुनेछ ।

बीवाईडी सिगलले जित्यो २०२५ को 'वर्ल्ड अर्बन कार अफ द इय' अवार्ड

बीवाईडी सिगलले जित्यो २०२५ को 'वर्ल्ड अर्बन कार अफ द इय' अवार्ड

रोयल इन्फिल्ड क्लासिक ३५० का पाँच भेरियन्ट सार्वजनिक, कति छ मूल्य ?

रोयल इन्फिल्ड क्लासिक ३५० का पाँच भेरियन्ट सार्वजनिक, कति छ मूल्य ?

बीवाईडी ईभीको ब्याट्री, मोटर र पार्ट्सलगायत समग्र गाडीमा थपियो वारेन्टी

बीवाईडी ईभीको ब्याट्री, मोटर र पार्ट्सलगायत समग्र गाडीमा थपियो वारेन्टी

बहुप्रतीक्षित 'यामाहा ब्लु फेस्ट' भोलिदेखि भृकुटीमण्डपमा आयोजना हुँदै

बहुप्रतीक्षित 'यामाहा ब्लु फेस्ट' भोलिदेखि भृकुटीमण्डपमा आयोजना हुँदै

एमएडब्ल्यू वृद्धिले चितवनमा सबैभन्दा ठूलो ईभी एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प सुरु

एमएडब्ल्यू वृद्धिले चितवनमा सबैभन्दा ठूलो ईभी एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प सुरु

साइमेक्स इंक बीवाईडी एसिया प्यासिफिक डिलर कन्फ्रेन्समा प्रतिष्ठित पुरस्कारबाट सम्मानित

साइमेक्स इंक बीवाईडी एसिया प्यासिफिक डिलर कन्फ्रेन्समा प्रतिष्ठित पुरस्कारबाट सम्…

यामाहाले नयाँ वर्ष उत्सवमा ल्यायो रोमाञ्चक पुरस्कारहरू सहितको “थ्रिल अफ थ्री”

यामाहाले नयाँ वर्ष उत्सवमा ल्यायो रोमाञ्चक पुरस्कारहरू सहितको “थ्रिल अफ थ्री”

बजारमा हुन्डाईको क्रेटा ईभी र मेड इन नेफाल क्रेटा आईसीईको मूल्य कति पर्छ ?

बजारमा हुन्डाईको क्रेटा ईभी र मेड इन नेफाल क्रेटा आईसीईको मूल्य कति पर्छ ?