बार्सिलोनाले प्रशिक्षक परिवर्तन नगर्ने

काठमाडौँ: बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले रोनाल्ड कुमन क्याट्लन क्लबकाे प्रशिक्षक रहिरने बताएका छन् । पहिलो सिजन बार्सिलोनालाई स्पेनी ला लिगामा तेस्रो बनाएका कुमनले क्लब छाड्ने हल्ला चलिरहेको थियो । डच रणनीतिकार कुमनले बार्सिलोनालाई कोपा डेल रे समेत जिताएका थिए ।
गत सिजन लिगमा म्याड्रिडका दुई क्लब भन्दापछि परे पनि बार्सिलोनाले प्रशिक्षक परिवर्तन नगर्ने भएको हो । केही साता यता पूर्वखेलाडी जाभी प्रशिक्षक बनेर बार्सिलोना फर्कने सम्भावना बारेमा अनुमान हुँदै आएको थियो । ‘हामी कुमनसँग सन्तुष्ट छौ । उनीसँगको छलफल सकारात्मक रह्यो । प्रशिक्षकका रूपमा कुमनले निरन्तरता पाउने छन्,’ बिहीबार एक विज्ञप्ति जारी गर्दै लापोर्टाले भनेका छन् ।
कुमनले बार्सिलोनासँग दुई वर्षका लागि सम्झौँता गरेका थिए । अर्को सिजन बार्सिलोनामा बलियो नतिजा निकाल्न सके कुमनको सम्झौँता थप एक वर्षका लागि नविकरण हुने सम्भावना छ । तर बार्सिलोना प्रदर्शन खराब रहे कुमनलाई बीचमै बर्खास्त गरिने र त्यसो गर्दा उनलाई क्षतिपूर्ती तिर्नु नपर्ने गोल डटकमले लेखेको छ ।
बार्सिलोनाले आउँदो सिजनका लागि नयाँ खेलाडी अनुबन्ध गरिसकेको छ । केही दिनअघि मात्रै बार्सिलोनाले म्यानचेस्टर सिटीबाट खेलेका स्ट्राइकर सर्जियो अग्वेरो र रक्षक एरिक गार्सियालाई क्लबमा भित्र्याइसकेको छ । दुवै खेलाडी ‘फ्रि–एजेन्ट’का रुपमा क्याम्प नौ पुगेका हुन् । त्यस्तै लिभरपुल छाडेका डच मिडफिल्डर जर्जियो वाइनाल्डम पनि बार्सिलोनासँग आबद्ध हुने लगभग पक्का छ । उनी पनि ‘फ्रि–ट्रान्सफर’मा बार्सिलोना जानेछन् ।
त्यसैगरी, गत सिजनसम्म लियोनबाट खेलेका फरवार्ड मेम्फिस डिपे पनि स्थान्तरणका लागि बार्सिलोनासँग छलफलमा छन् । डिपेले यसअघि पनि कुमनको प्रशिक्षणमा खेलिसकेका छन् । जब कुमन डच टिमको मुख्य प्रशिक्षक थिए ।
नयाँ खेलाडी अनुबन्ध गर्ने बाहेक, बार्सिलोना आफ्ना कप्तान लियोनल मेस्सीसँग पनि छलफलमा छ । मेस्सीको बार्सिलोनासँगको सम्झौँता जुन ३० मा सकिँदैछ । सम्झौँता नविकरण नभए, मेस्सी ‘फ्रि–एजेन्ट’का रुपमा अन्य क्लब जान स्वतन्त्र हुनेछन् ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया