त्रिभुवन विश्वविद्यालयको दीक्षान्त : कहाँबाट आउने सवारी साधन कहाँ पार्किङ गर्ने ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले ४९ औँ दीक्षान्त समारोहको आयोजना गरेको छ । सोमबार बिहान १० बजेदेखि दशरथ रङ्गशालामा आयोजना हुने उक्त कार्यक्रमको प्रमुख अतिथिमा राष्ट्रपति रामचन्द्र पौडेल रहेका छन् ।
बिहान १० बजेदेखि विद्यार्थीहरूका लागि प्रवेश खुला गरिए पनि साढे ११ बजेबाट औपचारिक कार्यक्रम सुरु गर्ने तयारी रहेको छ ।
कार्यक्रममा सहभागी हुनेहरूका लागि सवारी साधन पार्किङका लागि चार ठाउँमा तोकिएको छ ।
पूर्व र उत्तर रूटबाट आउने सम्पूर्ण सवारी साधनहरू टुँडिखेलमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ ।
त्यस्तै कालीमाटी रूटबाट आउने सवारी साधनहरू विश्व निकेतन मावि त्रिपुरेश्वरमा पार्किङ गर्न त्रिविले सूचना प्रकाशित गरेको छ ।
त्यसैगरी पुल्चोकबाट आउने सवारी साधनहरू वर्ल्ड ट्रेड सेन्टर त्रिपुरेश्वरमा र त्रिविका पदाधिकारी तथा कर्मचारीहरूका लागि राष्ट्रिय खेलकुद परिषद्को कार्यालय परिसरभित्र पार्किङको व्यवस्था गरिएको सूचनामा उल्लेख छ ।

६८ वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिँदै लालबहादुर

कक्षा १२ को परीक्षामा ७३ वर्षीया परीक्षार्थी पनि
कक्षा १२ को परीक्षा आजदेखि, सबै तयारी पूरा

खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पढाई सुरू

किन असन्तुष्ट छ सरकार र शिक्षक महासंघको सहमतिसँग विद्यालय कर्मचारी परिषद् ?

१५० वटा स्कुल लिडरहरूको सहभागीतासहित नेसनल प्याब्सन काठमाडौँको एकदिने तालिम
कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ : परीक्षा बोर्ड

प्रतिक्रिया