गोविन्द केसीको अनसनको समय आज सकिँदै

काठमाडौँ- चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले अनसनको कार्यक्रम टुंग्याउने भएका छन् । केसीले धनगढी पुगेर तीन दिने सत्याग्रह थालेका थिए । शुक्रबारदेखि सत्याग्रह थालेका केसीको तीन दिन आज पुग्दैछ । उनले आज अअनसनको कार्यक्रम टुंग्याउने भएका हुन् ।
डा. केसीको शरीर सुन्निएको छ भने रक्तचाप घट्दै गएको छ । स्वास्थ्य अवस्था बिग्रँदै गएपछि स्लाइन चढाउन खोजिएकोमा नमानेको उनले बताए । डा. केसी आइतबारदेखि शौचालय जान नसक्ने अवस्थामा पुगेका छन् ।
उनले एक हप्ता अगाडि मात्रै पित्तथैलीको शल्यक्रिया गराएका थिए ।
सरकारले विगतमा पटक-पटक भएको सहमतिलाई कार्यान्वयन नगरेको भन्दै डा. केसीले शुक्रबार बेलुकी २१ औँ अनसन सुरू गरेका थिए ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया