डा. केसीको स्वास्थ्य अवस्था बिग्रियो, भोलि अनसन तोड्ने

काठमाडौँ- चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिँदै गएको छ । धनगढी पुगेर तीन दिने सत्याग्रह थालेका केसीले स्वास्थ्य अवस्था बिग्रँदै गएपछि भोलि अनसन तोड्ने भएका हुन् ।
गत शुक्रबार बेलुकीबाट अनसन सुरु गरेका डा. केसीले ७२ घन्टा नपुगेको भन्दै भोलिमात्रै सत्याग्रह तोड्ने बताएका हुन् ।
डा. केसीको शरीर सुन्निएको छ भने रक्तचाप घट्दै गएको छ । स्वास्थ्य अवस्था बिग्रँदै गएपछि स्लाइन चढाउन खोजिएकोमा आफूले नमानेकाे उनले बताए । डा. केसी आजदेखि शौचालय जान नसक्ने अवस्थामा पुगेका छन् ।
उनले एक हप्ता अगाडि मात्रै पित्तथैलीको शल्यक्रिया गराएका थिए ।
सरकारले विगतमा पटक-पटक भएको सहमतिलाई कार्यान्वयन नगरेको भन्दै डा. केसीले शुक्रबार बेलुकी २१औं अनसन सुरु गरेका छन् ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया