कर्जा सूचनासम्बन्धी विधेयक फिर्ता लिने सरकारकाे निर्णय

काठमाडौँ- सरकारले कर्जा सूचनासम्बन्धी विधेयक फिर्ता लिने निर्णय गरेको छ ।
मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले कर्जा सूचना सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धित मन्त्रालयमा फिर्ता लिने लिने निर्णय गरेको जानकारी दिइन् । मन्त्रिपरिषदले विद्युत् खपत वृद्ध तथा खनिज इन्धन न्यूनीकरणसम्बन्धी कार्ययोजना, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ भने नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन राष्ट्रिय नीति स्वीकृत गर्ने निर्णय गरेको छ ।
बैठकले राष्ट्रिय बृहत् जलाधार व्यवस्थापन रणनीति स्वीकृत गर्ने निर्णय समेत गरेको प्रवक्ता शर्माले जानकारी दिइन् ।
त्यस्तै बैठकले ताप्लेजुङको घुन्सा खोला जलविद्युत् आयोजनाको लागि जिल्लाको फक्ताङलुङ गाउँपालिकामा रहेको ३२९ रोपनी जग्गा प्राप्ति गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

अब मिर्गौला रोगीलाई साढे ८ लाखसम्म उपचार सहुलियत : प्रधानमन्त्री ओली

फाइभ–जी नेटवर्क जतिसक्दो छिटो सञ्चालन गर्न मन्त्री गुरुङको निर्देशन

स्वास्थ्य मन्त्रालयको एक वर्षःसीमित स्रोतमा उल्लेखनीय सफलता हासिल गरेको दाबी

केरुङमा फसेका नेपालीलाई उद्धार गर्न आग्रह

अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री…

अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री ओली

भौतिक पूर्वाधारमन्त्रीको एक वर्षः पुँजीगत खर्च छ वर्षयताकै बढी

प्रतिक्रिया