बोरामा भेटिएका शवको स्केच सार्वजनिक गर्दा पनि सनाखत भएन

चितवन- गत मङ्सिर ६ गते बोरामा मृत भेटिएका शवको अहिलेसम्म पनि सनाखत हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय चितवनले मृतकको सनाखतका लागि मृतकहरूको स्केच सार्वजनिक गरेको भए पनि अहिलेसम्म सनाखत हुन नसकेको हो ।
कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार ‘डिजिटल मेनुप्लेट इमेज’ सार्वजनिक गरेको भए पनि अहिलेसम्म सनाखत हुन सकेको छैन । भरतपुर महानगरपालिका वडा नं १२ मिलनचोकस्थित पूर्व–पश्चिम लोकमार्गको गोन्द्राङ् केन्द्रीय बस टर्मिनल (बसपार्क) सडक खण्डको केरुङगा घोल (खोला) को कल्भर्टमुनि जुटको बोराभित्र दुई जनाको शव भेटिएको थियो ।
अन्दाजी २५ वर्षको पुरुष र ३० वर्षकी महिलाको शव भेटिएपछि प्रहरीले सनाखत गर्न लागेको हो । शवको सनाखत नहुँदा घटनाको अनुसन्धानमा समेत समस्या परेको उनले बताए । उनले भने, 'सनाखत नहुँदा घटनाको दोषीसम्म पुग्न कठिन भएको छ ।'
सनाखतका लागि प्रहरीले ७७ जिल्लामा सूचना पठाएको छ । रासस

कामपाको २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजारको बजेट पारित

स्कुटरको ठक्करबाट वृद्धको मृत्यु

महानगर यातायातले सुरु गर्यो विद्युतीय बस सेवा

भरतपुर अस्पतालको सेफ्टी ट्यांकीमा खसेर पाँच बर्षीया बालिकाको मृत्यु

नेपालमा पनि धर्म परिवर्तन केन्द्र खोल्ने योजनामा थिए छांगुर बाबा

ज्यान मार्ने उद्योगमा ६ वर्षदेखि फरार आरोपी पक्राउ

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया