नेप्सेमा निबन्ध पठाएर ७५ हजार जित्ने मौका

काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले नेप्सेको वार्षिकोत्सवको अवसरमा पुँजी बजार सम्बन्धी निबन्ध प्रतियोगिता आयोजना गर्न लागेको छ । एक सूचना जारी गर्दै नेप्सेले सो जानकारी दिएको हो ।
नेप्सेको ३१औं वार्षिकोत्सवको अवसरमा "नेपालमा सुदृढ पुँजी बजारका लागि लगानीकर्ता साक्षरता" शीर्षकमा निबन्ध लेखेर पठाउन नेप्सेले भनेको छ । विभिन्न विश्वविद्यालय तथा सो अन्तर्गतका कलेज क्याम्पसमा स्नातकोतर तहमा अध्ययन गर्ने विद्यार्थीहरुले मात्रै निबन्ध प्रतियोगितामा सहभागी हुन पाउनेछन् । निबन्ध पुस १५ सम्म नेप्सेमा पेस गर्न सूचनामा भनिएको छ ।
निबन्ध कम्तीमा २ हजार देखि २५ सय शब्दसम्मको हुनुपर्नेछ । उत्कृष्टताका आधारमा प्रथम हुनेले ७५ हजार, द्वितीय हुनेले ५० हजार र तृतीय हुनेले २५ हजार पुरस्कार पाउनेछन् ।

गरिमा विकास बैंक एनपीएस नेसनल कार्ड स्विच तथा नेपाल कार्डमा आबद्ध

‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौ वर्षमा प्रवेश, नबिल ग्रीन विक मनाइँदै

सोमबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

ग्लोबल आइएमई बैंकले अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस तथा ग्लोबल…

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

ग्लोबल आइएमईका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा १५ प्रतिश…

प्रतिक्रिया