२५ किलो चरेससहित बलम्बुबाट दुई जना पक्राउ

काठमाडौँ- प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले काठमाडौँको बलम्बुबाट दुई जनालाई पक्राउ गरेको छ । पच्चीस किलो चरेस करोबार गरिरहेको बेला उनीहरू पक्राउ परेका हुन् ।
धादिङ गल्छीस्थित कोइलीखर्कका भीमबहादुर तामाङ र सोही ठाउँका कान्छा तामाङ पक्राउ परेका हुन् । ब्यूरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द थपलियाले भने, 'सुराकी पाएपछि गए राति नै टोली परिचालन गरिएको थियो । उनीहरूमाथि अनुसन्धान भइरहेको छ ।'
यसैबीच अमेरिकाबाट पार्सल गरी ल्याइएको ५५ किलो गाँजा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको थपलियाले जानकारी दिए ।

जब हृदयन्द्रको जुम्ला यात्राले सामाजिक सञ्जाललाई मोहित बनायो...

इलाममा १०२ जनाले पाए आमाको नामबाट नागरिकता

विदेश पठाउने भन्दै ७१ लाख ५२ हजार ठगी गर्ने चार जना पक्राउ

ट्याङ्करले ठक्कर दिँदा सात जना घाइते

पुनर्निर्माणका लागि साततले दरबार भत्काउन सुरु

सिन्धुलीमा रुखले किच्दा दुई जनाको मृत्यु, तीन घाइते
चक्रे मिलनसहित १९ जनालाई गुण्डागर्दीको अभियोगमा म्याद थप

प्रतिक्रिया