शनिबार २० बैशाख, २०८२
Saturday, May 03, 2025

चितवनले इलामसँग बराबरी खेल्दा पोखराको जित

काठमाडौँ- नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत एफसी चितवन र स्पोर्टिङ इलाम एफसीले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार साँझ भएको खेलमा चितवन र इलामले गोलरहित बराबरी खेलेका हुन् ।

समान ७ खेल खेलेको चितवनको ६ र इलामको ५ अंक छ ।

यसअघि शनिबार भएको पहिलो खेलमा पोखरा थन्डर्सले वीरगञ्ज युनाइटेडलाई २-१ गोलअन्तरले पराजित गरेको थियो । 

जोय आइडुको गोलमा पोखराले छैटौं मिनेटमा अग्रता लिएको थियो । तर, त्यसको पाँच मिनेटपछि वीरगञ्जका अकिन्स के बाफोउरले गोल फर्काएर खेल बराबरीमा ल्याए ।

४५ औँ मिनेटमा पोखराका मोसेस ग्यावाहले गरेको गोल नै पोखराको जितका लागि निर्णायक बन्यो । 

जितसँगै ६ खेलबाट पोखराले ११ अंक जोडेको छ । वीरगञ्जको भने ६ खेलबाट ५ अंक छ ।