कञ्चनपुरबाट एक बालिकाको उद्धार

कञ्चनपुर- कञ्चनपुरमा लुकाएर राखेकी एक बालिकाको उद्धार गरिएको छ । भीमदत्त नगरपालिका-१० जिमुवाबाट करिब १५ वर्षीया बालिकाको उद्धार गरिएको हो ।
माइती नेपाल कञ्चनपुरले भारतको उत्तराखण्डकी बालिकाको उद्धार गरेको हो । एक हप्ताअघि घरबाट बेपत्ता भएकी ती बालिकाका आफ्न्तले खोजी कार्य गर्दा पनि फेला नपरेपछि प्रहरी र विभिन्न संघसंस्थामा निवेदन दिएका थिए । भारतीय प्रहरी र संघ-संस्थाले खोजतलासका लागि माइती नेपाल कञ्चनपुरलाई आग्रह गरेका थिए ।
माइती नेपाल कञ्चनपुरले आफ्नो नेटवर्क मार्फत शंकास्पद क्षेत्रबाट सूचना संकलन र प्रमाणीकरण गरेपछि जिल्ला प्रहरी कार्यालयसँगको समन्वय र सहकार्यमा भीमदत्त नगरपालिका-१० जिमुवाको एक जना टमाटा थरका व्यक्तिको घरमा छापा हानेर बालिकाको सकुशल उद्धार गरिएको हो ।
ती बालिकालाई पिथौरागढको एक होटलमा काम गर्ने लक्ष्मण टमाटाले ललाईफकाई जिमुवा बस्ने आफ्नो ठूलो बुवाको घरमा लुकाएर राखेका थिए । उद्धारपछि बालिकालाई पारिवारिक पुनर्मिलनका लागि मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कार्यरत भारतीय संस्था रिड्सको जिम्मा लगाएको माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले बताइन् ।

गैरआवासीय नेपालीलाई नागरिकता दिनुपर्ने

सामुदायिक वनको आम्दानीबाट सीपमूलक तालिम सञ्चालन

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई आठौं मानार्थ विद्यावारि…

यस्तो छ आज तपाइको भाग्य

यस्तो छ आजको मौसम

आमाबुबाको अत्तोपत्तो नभएपछि नागरिकताबाट वञ्चित

दाँत पहेलो भयो ? यी घरेलु उपाय अपनाएर चाँदी जस्तै चम्काउनुहोस्

प्रतिक्रिया