कांग्रेस महासमितिको बैठक फागुन ७ देखि, राष्ट्रिय सभा उम्मेदवार छान्ने जिम्मा देउवालाई

काठमाडौँ- नेपाली कांग्रेसले महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म ललितपुरमा गर्ने निर्णय भएको छ ।
पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले पूर्व निर्धारित मितिलाई सार्दै महासमिति बैठक फागुनमा गर्ने निर्णय गरेको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।
राष्ट्रिय सभाका चुनावलाई मध्यनजर गर्दै महासमिति बैठक सार्ने निर्णय गरिएको उनले बताए । यसअघि पुस १६ देखि १९ गतेसम्म महासमिति बैठक बस्ने तय भएको थियो । त्यस्तै बैठकले राष्ट्रिय सभाको निर्वाचनका लागि दल दर्ता गर्ने र उम्मेदवारलाई दिने पत्रमा सभापति शेरबहादुर देउवाले हस्ताक्षर गर्ने निर्णय पनि बैठकले गरेको छ ।
दर्ता लगायतका कामका लागि पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई अधिकार दिइएको विश्वकर्माले बताए । बैठकले जाजरकोट भूकम्पपछि पुनर्निर्माण र अस्थायी आवासको उचित व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । बैठकले पुष १६ देखि माघ १६ गतेसम्म पार्टीको आन्तरिक अभियान पुनः सुरु गर्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकले पार्टीको तर्फबाट बन्दसूचीमा रहेका केही नेताहरूको नाम फिर्ता लिने निर्णय भएको प्रचार विभाग प्रमुख विश्वकर्माले जानकारी दिए ।
महासमिति बैठक अघि पुस १२ गतेदेखि कांग्रेसको केन्द्रीय समिति बैठक बस्ने विश्वकर्माले जानकारी दिए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया