मंगलबार २३ बैशाख, २०८२
Tuesday, May 06, 2025

शिक्षा विधेयक ल्याउनलाई प्रसव पीडा भोग्नुपर्‍यो : कानुनमन्त्री गुरुङ

काठमाडौँ- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले नेपाललाई शैक्षिक केन्द्र बनाउनुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौँमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) ले आयाेजना गरेको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले  नेपाललाई एजुकेसनल हब बनाउन सके र नेपालमा गुणस्तरीय शिक्षा प्रदान गर्नसके नेपालको स्तर माथि उठ्ने दाबी गरे ।

उनले शिक्षा विधेयक ल्याउनलाई प्रसव पीडा भोग्नुपरेको बताए । उनले शिक्षा विधेयक अहिले सबै सरोकारवाला निकायहरूसँग छलफल गरी संसदीय समितिमा रहेको बताए । यस्तै उनले छिटो ल्याउनुपर्ने शिक्षा विधेयक ल्याउन ढिलाई भइरहेको पनि उल्लेख गरे ।