सर्वोच्च अदालतको ‘फुलकोर्ट’ बैठक बस्दै

काठमाडौँ : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन् । सर्वोच्चले संवैधानिक इजलास र बन्दी प्रत्यक्षीकरणबाहेकका सेवामा संकुचन गरेको र 'भर्चुअल' रूपमा बहस सुन्ने व्यवस्थासँगै अरु सेवा बिस्तार गर्ने विषयमा छलफल गर्न बैठक बोलाएका हुन् ।
सर्वोच्च स्रोतका अनुसार बैठकले कोभिड-१९ को महामारीका समयमा नियमित मुद्दा, रिट तथा निवेदनहरूमा पेसी तारेख लगायतका काम कारबाही जेठ २१ गतेसम्मका लागि संकुचन गरेको थियो । त्यो फुकाउने या जारी राख्ने विषयमा बैठकमा छलफल हुनेछ ।
प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा हेर्न गठित संवैधनिक इजालसमा तोकिएका दुई जना न्यायाधीश अलग भएपछि रोकिएको अवस्थामा बोलाइएको पूर्ण बैठकलाई महत्वका साथ हेरिएको छ । प्रधानन्यायाधीश जबराले २३ जेठमा अर्को संवैधानिक इजलास गठन गर्ने बताएका छन् ।
सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीहरूले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने कानुनी व्यवस्था गर्न प्रधानन्यायाधीश जबरासँग माग गरेका थिए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया