स्थानीय तहको जग अझ मजबुत बनाउन नीतिगत सुधारको आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले स्थानीय तहको जग अझ मजबुत बनाउन नीतिगत सुधारको आवश्यक रहेको बताएका छन् । शुक्रबार २९औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सरकारले स्थानीय तहमा वित्तीय हस्तान्तरणको विषयलाई अझ प्रभावकारी बनाइ स्थानीय तहलाई संविधानको मर्म र भावनाअनुरुप श्रोत साधनको व्यवस्था र स्थानीय सरकारको मान्यताअनुसार अधिकार सम्पन्न तुल्याउत थप प्रभावकारी काम गर्ने प्रतिवद्धता जनाए ।
उनले संविधानले परिलक्षित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ तुल्याउन संघीय कानूनहरूको निर्माण आफ्नो पहिलो प्राथमिकताको विषय भएको बताए । उनले संघीय कानूनको निर्माण र व्यवस्थित कार्यान्वयनबाट मात्रै वर्तमान प्रणालीलाई थप सुदृढ र जनताको हितमा प्रयोग गर्न सकिने विश्वास व्यक्त गरे ।
‘हामी संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा छौँ । संघीयताको अभ्यासपश्चात देशमा स्थानीय तहका दुई वटा निर्वाचन सम्पन्न भइसकेका छन् । यी दुवै निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै स्थानीय तहको सबलीकरणमा महत्वपूर्ण यागदान पुर्याएका छन्' प्रधानमन्त्री प्रचण्डले भने '२०७९ सालमा सम्पन्न निर्वातनबाट निर्वाचित स्थानीय जनप्रतिनिधिहरूले ७५३ स्थानीय तहको नेतृत्व गरिरहनुभएको छ । स्थानीय सरकारमार्फत आफ्ना-आफ्ना नगर तथा गाउँपालिकामा सेवा प्रवाह, स्थानीय विकास, सामाजिक सशक्तिकरण, सांस्कृतिक जागरण, स्थानीय शिक्षा, स्वास्थ्य, कृषि तथा पशुपालनका क्षेत्रमा महत्वपूर्ण योगदान पनि गरिरहनुभएको छ ।'
'प्रधानमन्त्रीको हैसियतले काठमाडौँ महानगरपालिकाको यो मञ्चबाट मेरो नेतृत्वको यो सरकारले स्थानीय तहको जग अझ मजबुत बनाउन नीतिगत सुधार गर्दै वित्तीय हस्तान्तरणको विषयलाई अझ प्रभावकारी बनाइ स्थानीय तहलाई संविधानको मर्म र भावनाअनुरुप श्रोत साधनको व्यवस्था र स्थानीय सरकारको मान्यताअनुसार अधिकार सम्पन्न तुल्याउन थप प्रभावकारी काम गर्नेछु' उनले भने 'संविधानले परिलक्षित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ तुल्याउन संघीय कानूनहरूको निर्माण मेरो पहिलो प्राथमिकतामा छ । संघीय कानूनको निर्माण र व्यवस्थित कार्यान्वयनबाट मात्रै यो प्रणालीलाई थप सुदृढ र जनताको हितमा प्रयोग गर्न सकिन्छ ।’
प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय काठमाडौँ महानगरपालिकाले गरेका प्रगतिशील कामहरू आफूले गम्भीरतापूर्वक नियालिरहेको बताए । उनले महानगरले सहरको सौन्दर्य, शिक्षाको व्यवस्थापन एवं विकास, सार्वजनिक शौचालयहरूको निर्माण र व्यवस्थापन, सांस्कृतिक सम्पदाहरूको संरक्षण, लागूऔषध, सुर्ति, चुरोटलगायतका वस्तुमा लगाएको नियमन, छात्रवृत्ति र रोजगारी सिर्जनाका क्षेत्रमा महत्वपूर्ण कदम चालेको बताए ।

प्रधानमन्त्री ओलीसँग भेटेपछि बोहराले भनेः दाह्री काटेर जुत्ता लगाउँछु

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि दुई अर्ब ७४ करोड ४१ लाख बजेट

धनगढीमाईमा खानेपानी आयोजना सम्पन्न

‘फास्ट ट्रयाक’ बाट कमला नदीमा नयाँ पुल निर्माण गर्छौँ : मन्त्री दाहाल

श्रम बजारको माग बमोजिम जनशक्ति तयार गर्नु पर्नेमा जोड गरौंः श्रममन्त्री भण्डारी

परराष्ट्र मन्त्रालयद्वारा मध्यपूर्व एसियाका लागि ‘ट्राभल एडभाइजरी’ जारी

सञ्चारमन्त्री गुरुङसँग युनेस्कोका नेपाल प्रतिनिधिको शिष्टाचार भेट

प्रतिक्रिया