बीमा सर्भेयरको भूमिका महत्वपूर्ण : अर्थमन्त्री महत

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले बीमा सर्भेयरको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । बीमा सर्भेयर संघ नेपालले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा. महतले भने, ‘सुरुवात धेरै अगाडिदेखि भए पनि बीमा नेपालका लागि आम विषय बनिसकेको छैन, जोखिम न्यूनिकरण गर्नका लागि यसको आवश्यकता छ भन्ने धारणा अझै विकसित भइसकेको छैन । मलाई समस्या आउँदैन, किन बीमामा सहभागी हुने भन्ने धारणा छ ।’
अहिले बीमा सचेतनाको आवश्यकता रहेको औंल्याउँदै मन्त्री डा. महतले भने, ‘जीवन होस् वा निर्जिवन जोखिममा पर्यो भने झमेला हुँदैन । यो विश्वास दिलाउनुपर्छ । नेपालमा दुई वटा समस्या छ, हरेकलाई समस्या आइपर्न सक्छ, अहिले हामीले केही योगदान दिएर भोलि आइपर्न सक्ने ठूलो जोखिमको निवारण बीमाबाट हुन्छ भन्ने सचेतना जगाउनुपर्ने छ । जसले बीमा गरिसकेको छ, आपत पर्दा तिर्न बीमा कम्पनीहरूले आनाकानी गर्छन् । यसले सम्भावित बीमा लिन खोज्नेहरूलाई पनि बीमा विस्तारमा अवरोध पुर्याउँछ ।’
देखिएका समस्या समाधानका लागि बीमामा जोडिएका सबै र बीमाको नियमक निकाय प्राधिकरणले काम गर्ने तौरतरिकालाई आमूल परिवर्तन मन्त्री डा. महतले आग्रह गरे । उनले व्यवसायिकतालाई मध्यनजर राखेर हामीले काम गर्नुपर्ने बताए ।
‘बीमा कम्पनीहरूले लिने बेला विज्ञापन गर्ने, रिर्सोस जम्मा गर्ने र दिनुपर्यो भने अनेकौँ झमेला झिक्ने गरिन्छ । त्यहीनेर सर्भेयरको काम आउँछ । उनीहरूको बीचमा बसेर सर्भेयरले काम गरिदियो भने प्रभावकारी हुन्छ’ मन्त्री डा. महतले भने, ‘बीमा सर्भेयर महत्वपूर्ण भूमिका हुन्छन् । कुनै प्रभावमा नपरी जे यथार्थ हो, त्यो राखेर समस्या समाधान गर्नुपर्छ । यो भयो भने कसैले यसमा खेल्न सक्दैन । बीमालाई नयाँ उचाइमा पुर्याउन सर्भेयरको भूमिका महत्वपूर्ण हुन्छ ।’

लक्ष्यभन्दा आधा पनि उठ्न सकेन बाह्य ऋण

वीरगञ्ज नाकाबाट मात्रै एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

वीरगञ्ज नाका : ११ महिनामा दुई हजार ३८५ विद्युतीय सवारीसाधन आयात

युरो एकको खरिददर १५९ रूपैयाँ नाघ्यो, अरू मुद्रा कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो

राष्ट्र बैंकले गर्यो पेवेल नेपाल र सजिलो पे पेमेन्टको अनुमतिपत्र खारेज

प्रतिक्रिया