बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

राष्ट्रिय सभा निर्वाचन : दल दर्ताका लागि दिएको समय आज सकिँदै

फाइल तस्बिर

काठमाडौँ- निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्तालाई दिएको समय आज सकिँदै छ ।

संविधानको धारा २७१ बमोजिम निर्वाचनमा सहभागी हुन चाहने दलले आज कार्यालय समयभित्र दल दर्ता गरिसक्नुपर्ने आयोगले जनाएको छ । 

मंसिर २४ देखि २९ गते (आज)सम्म दर्ता भएका दलले मात्रै राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिन पाउनेछन् ।