पशुपतिनाथको धर्मभकारी थापेर पशुपति हिन्दु विश्वविद्यालय स्थापना

काठमाडौँ- आराध्यदेव पशुपतिनाथका नाममा धर्मभकारी थापेर पशुपति हिन्दु विश्वविद्यालय स्थापना गरिने भएको छ ।
पशुपति क्षेत्र विकास कोषले पशुपति हिन्दु विश्वविद्यालय स्थापनाका लागि विद्वानसँग सुझाव लिन आज आयोजना गरेको कार्यक्रममा श्री पशुपति हिन्दु विश्वविद्यालय स्थापना तयारी समितिका संयोजक डा जगमान गुरुङले नेपाल सरकारको अनुदान नलिई धर्मभकारी थापेर भगवान भोलेनाथले वर्षाउने स्रोतले नै विश्वविद्यालय स्थापना गर्न लागिएको जानकारी दिए । कोषले गठन गरेको समितिले शिवसंकल्पका आधारमा विश्वविद्यालय स्थापना हुने गरी तयारी गरिएको जानकारी सो गराइएको हो ।
'पशुपति र हिन्दु दुई शब्दले विश्वमा नेपालको आकर्षण बढाउँछ, विश्वका हिन्दु नेपाल आउने वातावरण बन्छ, यसले नेपालको शिर उच्च बनाउँछ, गोठाटारमा रहेको कोषको जग्गाको ईशान कोणमा विश्वविद्यालय बनाउने गरी अध्ययन भएको छ,' उनले भने ।
समितिका सदस्य एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व अध्यक्ष धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमले नेपालका संस्कृतिपरक दर्शनको अध्ययन अनुसन्धान गर्ने गरी विश्वविद्यालय स्थापना हुने बताए । मानव मात्रको विश्वविद्यालय बनाउने गरी कानुनको मस्यौदा भइरहेको उनले जानकारी दिए । विश्वविद्यालयलाई राजनीतिक छायाँका रूपमा नभई स्वतन्त्र प्राज्ञिक संस्थाका रूपमा स्थापित गर्ने समितिले गृहकार्य गरेको धर्मशास्त्रविद् गौतमले सुनाए ।
कोषका सदस्य सचिव राजुकुमार केसीले पशुपतिका नाममा स्थापना हुने विश्वविद्यालयलाई गोठाटारमा रहेको जग्गाबाट ठाउँ दिने व्यवस्था गुरुयोजनामा गरिएको जानकारी गराए । सांस्कृतिक अध्ययन अनुसन्धानको नमुना स्थलका रूपमा विश्वविद्यालयलाई अघि बढाइने उहाँको प्रतिबद्धता थियो ।
कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले पछिल्लो समय पशुपतिनाथलाई सहयोग गर्ने भन्दा माग्नेको सङ्ख्या बढिरहेको बताउँदै विश्वविद्यालयका लागि भने सहयोग जुटाउन काम गरिने जानकारी गराए । ८२ प्रतिशत हिन्दु रहेको देशमा पशुपति हिन्दु विश्वविद्यालय स्थापना गर्दा देशको गौरव बढ्ने उनको भनाइ थियो ।
कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले विश्वविद्यालयले कसैलाई सम्बन्धन नदिने गरी यसको स्वरूप निर्धारण गर्न लागिएको जानकारी गराए । कोषले गठन गरेको कार्यदलले सम्भाव्यता अध्ययन गरी प्रतिवेदन बुझाएपछि विश्वविद्यालय स्थापनाका लागि समिति गठन गरिएको उनले बताए ।
कार्यदलले बुझाएको प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अध्ययन गरी अहिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाएको जानकारी पनि समितिको सदस्य सचिवसमेत रहेका कार्यकारी निर्देशक खतिवडाले गराए । शिक्षा मन्त्रालयले प्रतिवेदन स्वीकृत गरेपछि विश्वविद्यालय स्थापनाको प्रक्रिया अघि बढ्ने कार्यक्रममा जानकारी गराइएको थियो । रासस
_N3VBWT6YsE_dst4gq1uvhwam0rpexep7njnpuv7jsjlcrxonllaviayyyzndafz5gwdyke5_Vdcwlu9vsB_fi3vuomzhmyz07iebon8rxhinobqkmgzyjcag7ss8liym8pfw4qiblacrof5.jpg)
भिजिट भिसामा एक वर्षमै उडे पौने तीन लाख, ४२ प्रतिशतभन्दा बढी महिला
_AHpHtro2k4_xeauxx07pbk0e8balzmi6oe3c5hl4dryvkcufknegbndhuq4uj3fflcnf9ux_IESeTPvKtH_ieibktbannvzh9qc9rhcp4chmsuzveslgqtamlu3bonwzavpytiprtvwjaia.jpg)
साउनको तेस्रो सोमबार : पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो

कोरियाको भाषा परीक्षाका लागि साउन २६ गतेबाट खुल्ने

एलोभेरासँग मुल्तानी माटो मिसाएर लगाउनुहोस्, हुन्छ अनुहार चम्किलो

राशिफलमा यस्तो छ तपाईंको भाग्य

बालप्रतिभाको तालमा गुञ्जियो मादल: वाद्यसम्राट न्हुच्छे डंगोल प्रतियोगिताको ग्रान्…

ठमेलका गुण्डागर्दी: क्लब ओम्नियाका सञ्चालक पनि पक्राउ

प्रतिक्रिया