नेपाली सेनाका उपरथी अशोकराज सिग्देल रथीमा बढुवा

काठमाडौँ- सरकारले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवा गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रथी पदमा सिग्देललाई बढुवा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
त्यस्तै बैठकले नेपाल परराष्ट्र सेवातर्फको राजपत्राङ्कीत विशिष्ट श्रेणी (सचिव) रिक्त एक पदमा सहसचिव सेवा लम्साललाई बढुवा गर्ने निर्णय गरेको छ भने विद्युत् खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरणसम्बन्धी कार्ययोजना २०८० लाई स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिइन् ।
त्यसअघि सिंहदरबारमा आ.व. २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन चौमासिक समीक्षा भएको थियो । चौमासिक समीक्षा सन्तोषजनक नपाइएको प्रवक्ता शर्माले बताइन् ।
चौमासिक समीक्षामा केही मन्त्रीहरू कार्य व्यस्तताका कारण अनुपस्थित भएकाले पुन: अर्को बैठक बस्ने उनले जानकारी दिइन् ।

प्रधानमन्त्री ओलीसँग भेटेपछि बोहराले भनेः दाह्री काटेर जुत्ता लगाउँछु

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि दुई अर्ब ७४ करोड ४१ लाख बजेट

धनगढीमाईमा खानेपानी आयोजना सम्पन्न

‘फास्ट ट्रयाक’ बाट कमला नदीमा नयाँ पुल निर्माण गर्छौँ : मन्त्री दाहाल

श्रम बजारको माग बमोजिम जनशक्ति तयार गर्नु पर्नेमा जोड गरौंः श्रममन्त्री भण्डारी

परराष्ट्र मन्त्रालयद्वारा मध्यपूर्व एसियाका लागि ‘ट्राभल एडभाइजरी’ जारी

सञ्चारमन्त्री गुरुङसँग युनेस्कोका नेपाल प्रतिनिधिको शिष्टाचार भेट

प्रतिक्रिया