सिंगो गाउँमा कोभिड संक्रमण, संक्रमित स्वास्थ्यकर्मीबाटै उपचार

धनगढी : डोटीको आदर्श गाउँपालिका-१ चाँसी गाउँ कोभिड–१९ ले प्रभावित छ । गाउँपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार गाउँका ८५ जनाको कोभिड परीक्षण गर्दा ५२ जनामा संक्रमण पुष्टि भएको छ ।
गाउँपालिकाका सिनियर अहेब बमबहादुर खड्काले सिंगो गाउँ नै कोभिड संक्रमणले प्रभावित भएपछि उपचारमा पनि समस्या भएको बताए । ‘एउटै परिवारका ६ जनासम्मलाई संक्रमण पुष्टि भएको छ,’ खड्काले भने, ‘परीक्षण नभएका अन्य व्यक्तिमा पनि कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएको छ । गाउँका अधिकाशंलाई संक्रमण पुष्टि भएपछि अन्य व्यक्ति परीक्षण गर्न नै अस्विकार गरिरहेका छन् ।’
उनका अनुसार ५२ जना संक्रमितमध्ये दुई जना स्वास्थ्यकर्मी पनि छन् । ‘प्रभावित गाउँमा अन्य स्वास्थ्यकर्मी जान सक्ने अवस्था नभएपछि संक्रमित स्वास्थ्यकर्मीले नै अन्यको उपचार गरिरहेका छन्,’ उनले भने । ५२ जनामध्ये अहिलेसम्म कुनै संक्रमितलाई पनि अस्पतालमा भर्ना गरिएको छैन् ।
स्थानीयले सिंगो गाउँ जोखिममा परेको भन्दै उपचारका लागि स्थानीय र प्रदेश सरकारलाई गुहारेका छन् । स्थानीय दीपकबहादुर खड्काले संक्रमितको उपचारसहित सुरक्षित स्थानमा बस्ने व्यवस्था गरिदिन सरकारसमक्ष माग गरे ।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_htbscOYam3_lbhrjdthtfl1mzmhm7x8kogur1u27grexrt0tph9koshzgkpdbphsc5rgu2t.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया