कुमारी बैंकका ऋणीको प्रिमियम दर अधितम ३.५ प्रतिशत

काठमाडौँ - कुमारी बैंक लिमिटेडले आफ्ना ऋणी ग्राहक महानुभावहरूको सेवा–सुविधालाई मध्यनजर गर्दै कर्जाको प्रिमियम दर घटाउने निर्णय गरेको छ । आउँदो जनवरी १, २०२४ देखि लागू हुने गरी कर्जाको प्रिमियम दरलाई अधिकतम ३.५ प्रतिशत रहने गरी लागू गर्नेछ । यो नयाँ दर फोन लोन र क्रेडिट कार्ड बाहेक यस बैंकबाट प्रवाह भएका अन्य सबै प्रकारका कर्जाहरु उपभोग गर्ने नयाँ तथा पुराना सबै ग्राहकहरूमा लागू हुनेछ ।
कुमारी बैंकले आफ्ना ग्राहकहरूको आर्थिक गतिविधि थप चलायमान होस् भन्ने उद्देश्यका साथ प्रिमियम दर घटाउने निर्णय गरेको हो । कुमारी बैंकले आफ्ना ग्राहकहरूका गतिशील आवश्यकताहरु र निरन्तर परिवर्तन हुने वित्तीय परिदृश्यलाई पूरा गर्न समयानुकूल विभिन्न योजनाहरु प्रवर्धन गर्ने गरेको छ ।
आफ्ना देशव्यापी ३०९ शाखा–सञ्जाल, ३२० एटिएम, ६५ शाखारहित बैंकिङ्ग इकाई तथा ४९ एक्स्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तीय सेवा सुविधा दिँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहक मुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

एनएमबि बैंकको अगुवाइमा लाप्चे तामाकोशी र चेपे जलविद्युत् आयोजनाको वित्तीय व्…

एनएमबि बैंकको अगुवाइमा बज्र मादी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

ग्लोबल आइएमई बैंकको अनलाइन पेमेन्ट गेटवे सुचारु

माछापुच्छ्रे बैंक र सि.बि.एल.मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा सम्झौता

प्राइम कमर्सियल बैंक एनपीएस-नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध
_FvATixvdZW_e3dio6lwcxe6ryp9ahcgzovxtuw0e20rhdu2dddy6r9tpr6xa2fueo9zenmv_vKnDXcksPy_9i9xpydbbtflhwsvmtml3kzjzgewwtxpecjbbpwhccctf7my90jsz77nmtzv.png)
कुमारी बैंकले ल्यायो 'टपअप र फोनपे डाइरेट गरौँ, बम्पर उपहार जितौँ' योजना

सबैभन्दा बढी कर तिर्ने नबिल बैंकलाई सम्मान

प्रतिक्रिया