नेपाल सुपर लिगमा वीरगञ्जको जित

काठमाडौँ - राजधानीमा जारी नेपाल सुपर लिग फुटबल प्रतियोगितामा वीरगञ्ज युनाइटेड फुटबल क्लब विजयी भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भर्खरै सम्पन्न खेलमा वीरगञ्जले स्पोर्टिङ इलामलाई २–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । खेलमा सुरुआती अग्रता भने इलामले लियो । इलामका आशिष चापागाईंले खेलको १५औँ मिनेटमा गोल गर्दै पहिलो अग्रता लिएका हुन् ।
तर इलामको त्यो एक शुन्य गोलको अग्रता लामो समयसम्म टिक्न सकेन । वीरगञ्जका भिषण गुरुङले खेलको ३३औँ मिनेटमा एक गोल फर्काउँदै खेललाई एकरएक गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा वीरगञ्जका विलियम ओपोकुको पेनाल्टीमा गोल गर्दै आफ्नो टोलीको जीत पक्का गरे ।
खेलको दोस्रो हाफको अतिरिक्त समयमा इलामका आशिष गुरुङले सुनिल खड्कालाई बक्सभित्र फल गरेपछि वीरगञ्जले पेनाल्टी पाएको थियो । जसमा विलियम ओपोकुले गोल गर्न सफल भए । यस जीतसँगै वीरगञ्जले पाँच खेलमा ५ अंक जोडेको छ । इलामको ६ खेलमा ४ अंक रहेको छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया