दक्षिण अफ्रिकाले भारतलाई पाँच विकेटले हरायो

काठमाडौँ- दक्षिण अफ्रिकाले जारी टी-२० सिरिजको दोस्रो खेलमा भारतलाई पराजित गरेको छ ।
गएराति सम्पन्न खेलमा दक्षिण अफ्रिकाले भारतलाई डीएल मेथडअनुसार पाँच विकेटले पराजित गरेको हो ।
वर्षाले प्रभावित खेलमा भारतले १५ ओभरमा दिएको १५२ रनको लक्ष्य दक्षिण अफ्रिकाले १३.५ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको थियो ।
यसअघि भारतले पहिला ब्याटिङ गर्दै १९.३ ओभरमा ७ विकेट गुमाउँदै १८० रन बनाएपछि खेल वर्षाले रोकिएको थियो । त्यसपछि खेल १५ ओभरमा घटाएर दक्षिण अफ्रिकालाई १५२ रनको लक्ष्य दिइएको थियो ।
यसअघि सिरिजको पहिलो खेल वर्षाले रद्ध भएको थियो ।
अब सिरिजको तेस्रो खेल बिहीबार हुँदैछ ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया